नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको प्रतिनिधी परीषद बैठक परिषद सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको प्रतिनिधी परीषद बैठक परिषद प्रमुख ठाकुर कुमार श्रेष्ठको अध्यक्षतामा साउन १९ गते हेटैडामा सम्पन्न भयो ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले उध्दघाटन गर्नु भएको सो बैठकमा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ केन्द्रीय बरिष्ठ उपाध्यक्ष सरोज सिटौला, जिफन्ट महासचिब लक्ष्मण शर्मा लगाएतका अतिथीहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

बैठकमा संगठनका अध्यक्ष भिमज्वाला राइले अगामी कार्यक्रम, उपाध्यक्ष तथा आर्थिक बिभाग प्रमुख प्रमुख नबराज घिमिरेले अर्थिक प्रतिवेदन र महासचिब केशब थापा निरूले संगठानिक प्रतिवेदन पेश गर्नु भएको थियो  ।