नेपालमा व्यावसायिक रूपमा सवारी सञ्चालनको थालनीस“गै नेपाली यातायात मजदुरहरूले विभिन्न समयमा आफ्नो हक अधिकारको लागि आन्दोलन सञ्चालन गरेका थिए । यही क्रममा २०३६ सालको असार ९ गते सुनसरीको पानीपिया भन्ने ठाउ“मा यातायात मजदुरहरूले राष्ट्रिय भेलाको आयोजना गरे । यसै भेलाबाट “नेपाल यातायात स्वतन्त्र मजदुर संगठन” को स्थापना गरियो । 

नेयास्वमसं यातायात क्षेत्रको पहिलो र शक्तिशाली सङ्गठनको रूपमा नेपाल सरकारको श्रम विभागमा राष्ट्रिय टे«ड युनियन संघको रूपमा नं ३ मा दर्ता भएको छ । यो नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) को संस्थापक सदस्य पनि हो । 

नेपाली मजदुर पक्षीय ट्रेड युनियन आन्दोलनको शक्तिशाली र सशक्त दस्ताको रूपमा स्थापित यो सङ्गठन सबै खाले यातायात मजदुरहरूको साझा र स्वतन्त्र युनियनको रूपमा सञ्चालित छ । यातायात क्षेत्रमा कार्यरत झण्डै ४ लाख मजदुरहरूमध्येको ठूलो सङ्ख्या यस संगठनको छातामुनि सम्बद्ध रहेका छन् । 
अधिराज्यको कर्णाली बाहेक १३ वटा अञ्चलमा यो संगठन बिस्तार भएको छ । 

राष्ट्रिय स्तरमा जिफन्टको संस्थापक सदस्यका रूपमा आबद्ध रहेको यो संगठन अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेसनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेसनस“ग आबद्ध छ ।

 

संबद्ध गतिविधिहरू

तरकारी फलफूल ढुवानी श्रमिक सामाजिक सुरक्षामा सुचिकृत

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको चितवन नारायणगढमा रहेको तरकारी फलफूल ढुवानी इकाई कमिटीले माघ २२ गते त्यहाँ कार्यरत १५ जना श्रमिकहरूलाइ योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ । 

जिफन्टले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रका श्रमिकहरूलाइ आवद्ध गर्ने अभियान अन्तरगत अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाइ सूचीकृत गर्न यूनियनले श्रमिक सूचीकरण कार्यक्रम मार्फत थालनी गरेको भरतपुरबाट इकाइका अध्यक्ष राजन ढकालले श्रमिक खवरलाइ जानकारी दिनु भएको हो ।
 

यातायात मियांपाटन इकाईको अध्यक्षमा ज्ञान बहादुर गुरुङ

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अयोजनामा फागुण ४ गते सम्पन्न कास्की जिल्लाको मियांपाटन इकाई भेलाले ज्ञान बहादुर गुरुङको अध्यक्षतामा  ९ सदस्य कमिटी चयन गरेको छ । 

संगठनका प्रतिनिधि परिषद् उप–प्रमुख कर्ण सिं गुरुङको प्रमुख अतिथ्यतामा, केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेश इन्चार्ज बिष्णु बहादुर पराजुली ,गण्डकी प्रदेश अध्यक्ष बिष्णु खत्रीको अतिथि रहनु भएको सो भेलाले ४ सदस्य सल्हाकार समेत चयन गरेको छ ।

 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन उदयपुर जिल्लाको अध्यक्षमा बोधराज एस. के.

जिफन्ट आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन उदयपुर जिल्ला कमिटीको फागुण १७ गते सम्पन्न ११ औं अधिवेशनले बोधराज एस. के. को अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । 

जिफन्ट राष्ट्रिय कमिटी सचिव हरि कार्की प्रमुख अतिथी रहनु भएको सो अधिवेशनमा संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राई, प्रदेश अध्यक्ष गौरी लामा, जिफन्ट राष्ट्रिय कमिटी सदस्य माया भण्डारी, जिफन्ट कोशी प्रदेश उपाध्यक्ष शशी कुमार राई, लगायतका अतिथीहरूले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

चितवन र पोखरामा तरकारी तथा फलफूल ढुवानी ईकाईको अधिवेशन सम्पन्न

नेपाल_यातायात_स्वतन्त्र_मजदुर_सङ्गठन चितवन जिल्लाको तरकारी तथा फलफूल ढुवानी ईकाई कमिटीको फागुण २२ गते सम्पन्न प्रथम अधिवेशनले आईत सिंह घलानको अध्यक्षता मा ९ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

सङ्गठनका महासचिव केशव थापा  निरूले अधिवेशन शुभारम्भ गर्नु हुँदै सङ्गठनको योजना , जिफन्ट को कायाकल्प अभियानको सन्दर्भका बारेमा प्रकाश पार्नु भएको थियो ।

त्यसै गरी पोखरा तरकारी फलफूल ढुवानी इकार्ई कमिटीको फागुण २३ गते सम्पन्न १४औ अधिवेशनले पित्म बहादुर पौडेलको अध्यक्षतामा ७ सदस्य कमिटी निर्वाचित गरेको छ ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको विभिन्न कमिटीको अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले फागुण २९ गते विभिन्न कमिटीहरूको अधिवेशन सम्पन्न गरेको छ ।

सङ्गठनले, काभ्रे जिल्लाको पनौती नगर कमिटीको १७ औँ अधिवेशनबाट शेषनाथ घिमिरे (नबराज) को अध्यक्षतामा १६ सदस्यीय कमिटी र ४ जनाको सल्लाहकार कमिटी निर्वाचित गरेको छ । 

अधिवेशनमा उत्कृष्ट चालक, जेष्ठ चालक, उत्कृष्ट सहचालकलाइ सम्मान समेत गरेको थियो ।

त्यसैगरी सङ्गठन भक्तपुर मिनिबस इकाई कमिटीको सातौ अधिवेशनले युबक खत्रीको नेतृत्वमा १३ सदस्यीय कमिटी र ३ सदस्यीय सल्लाहकार कमिटी चयन गरेको छ ।

त्यसैगरी नुवाकोट जिल्लाको सूर्य चौर शिवपुरीमा सम्पन्न काठमाडौँ त्रिशुली धुन्चे पाशाङ ल्हामु मार्ग ईकाई कमिटी को १०औ अधिवेशनले सुरेन्द्र बुढाथोकीको अध्यक्षतामा ११ सदस्य ईकाई कमिटी निर्वाचित गरेको छ । 

सोहिदिन सङ्गठनले पोखरा बस, महानगर कमिटीको तेस्रो अधिवेशनबाट बिनोद पौडेलको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित गरेको छ भने २ जना सल्लाहकार समेत चयन गरेको छ ।

त्यसैगरी नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, माइक्रो बस इकाई कमिटी, पोखराको दशौं अधिवेशनले राम बहादुर थापाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनद्वारा गोर्खा र पोखरामा प्रशिक्षण सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, गोर्खा जिल्ला कमिटीद्धारा फागुण २९ गते सवारी दुर्घटना न्यूनीकरण सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

नेकपा (एमाले) गोर्खा जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र थापाको प्रमुख अतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय गोर्खाका प्रमुख राजेन्द्र पोडेलले सवारी दुर्घटना न्यूनीकरण गर्ने उपायहरूका बारेमा, सङ्गठन गण्डकी प्रदेश अध्यक्ष विष्णु बहादुर खत्रीले सडक सुरक्षाको लागि नीति निर्माण र कार्यान्वयन बारेमा प्रशिक्षण दिनु भएको थियो । 

त्यसैगरी सहिदिन सङ्गठनले कास्की जिल्लाको पोखरामा लामो दुरी बस तथा मिनिबस ईकाइद्धारा प्रशिक्षण सम्पन्न गरेको छ । 

जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीले सवारी तथा यातायात व्यवस्था ऐन, योगदानमा आधारित सामाजिक सुरक्षाका बारेमा प्रशिक्षण दिनु भएको थियो ।