नेपालमा व्यावसायिक रूपमा सवारी सञ्चालनको थालनीस“गै नेपाली यातायात मजदुरहरूले विभिन्न समयमा आफ्नो हक अधिकारको लागि आन्दोलन सञ्चालन गरेका थिए । यही क्रममा २०३६ सालको असार ९ गते सुनसरीको पानीपिया भन्ने ठाउ“मा यातायात मजदुरहरूले राष्ट्रिय भेलाको आयोजना गरे । यसै भेलाबाट “नेपाल यातायात स्वतन्त्र मजदुर संगठन” को स्थापना गरियो । 

नेयास्वमसं यातायात क्षेत्रको पहिलो र शक्तिशाली सङ्गठनको रूपमा नेपाल सरकारको श्रम विभागमा राष्ट्रिय टे«ड युनियन संघको रूपमा नं ३ मा दर्ता भएको छ । यो नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) को संस्थापक सदस्य पनि हो । 

नेपाली मजदुर पक्षीय ट्रेड युनियन आन्दोलनको शक्तिशाली र सशक्त दस्ताको रूपमा स्थापित यो सङ्गठन सबै खाले यातायात मजदुरहरूको साझा र स्वतन्त्र युनियनको रूपमा सञ्चालित छ । यातायात क्षेत्रमा कार्यरत झण्डै ४ लाख मजदुरहरूमध्येको ठूलो सङ्ख्या यस संगठनको छातामुनि सम्बद्ध रहेका छन् । 
अधिराज्यको कर्णाली बाहेक १३ वटा अञ्चलमा यो संगठन बिस्तार भएको छ । 

राष्ट्रिय स्तरमा जिफन्टको संस्थापक सदस्यका रूपमा आबद्ध रहेको यो संगठन अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेसनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेसनस“ग आबद्ध छ ।

 

संबद्ध गतिविधिहरू

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश युवा कमिटी गठन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेशको भाद्र २९ गते कोटेश्वरमामा सम्पन्न युवा भेलाले कमल पोखरेलको अध्यक्षतामा ७ सदस्यीय युवा कमिटी गठन गरेको छ । 

प्रदेश उपाध्यक्ष बेदप्रशाद घिमीरेको अध्यक्षता भएको भेलामा संगठनका अध्यक्ष भिम ज्वाला राईले सम्बोधन गर्नु हुँदै संगठनले संचालन गर्दै आइरहेको अभियानहरू, संगठनमा युवा मजदुरको भविष्य र संगठनको अगामी कामको बारेमा प्रस्ट पार्नु भएको थियो ।

संगठनका महासचिव केशब थापा निरूले संगठन को इतिहास र कामको व्यवस्थापनबारे मन्तब्य राख्नु भएको सो भेलामा, केन्द्रीय सचिव सरस्वती रिजाल, केन्द्रीय सदस्य कमल सापकोटा लगायतका अतिथिहरूको उपस्थित रहेको थियो ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नयाँ बसपार्क र सफा टेम्पु इकाई कमिटी गठन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले नयाँ बसपार्कमा रहेको बुकिङ चेकिङमा काम गर्ने मजदुरहरुको असोज ४ गते सम्पन्न भेलाले  खगेन्द्र बस्नेतको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ । 

संगठनका अध्यक्ष भिम ज्वाला राईको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा उपाध्यक्ष नवराज घिमिरे र विष्णु लामा, महासचिब केशव थापा निरू, बागमती प्रदेश अध्यक्ष शंकर थापा लगायतका अतिथिहरूको  उपस्थिति रहेको थियो ।

त्यसैगरी संगठनको शंखमुल नारायणटार कपन आरुबारी सफा टेम्पु इकाई कमिटीको असोज ३ गते सम्पन्न भेलाले कृष्ण थापा मगरको अध्यक्षतामा ८ सदस्यीय कमिटी पुनरगठन गरेको छ।

संगठन केन्द्रीय सदस्य एवम् सफा क्षेत्रको इन्चार्ज कमल सापकोटाको प्रमुख आतिथ्यमा बागमती प्रदेश अध्यक्ष शंकर थापा, सचिबालय सदस्यहरु कमरेड काइँला श्रेष्ठ, तिर्थमाया लामा र काठमाडौँ सफा जिल्ला कमिटिका अध्यक्ष बिकाश लामा भेलामा सहभागी रहनु भएको थियो ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सवारी दुर्घटना राहत प्रदान

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट मिटर ट्याक्सी ईकाइ कमिटीले कमिटीका सल्लाहकार धनेश्वर पण्डित र सदस्य अर्जुन थापालाई असोज १ गते सवारी दुर्घटना राहत सहयोग प्रदान गरेको छ ।

कमिटिका अध्यक्ष दिलबहादुर शाक्य को अध्यक्षतामा संगठन केन्द्रिय अध्यक्ष भिमज्वाला रार्इले बा २ ज ५४६० का चालक पण्डित र बा २ ज ४१९६ का चालक थापालाई विश्वकर्मा पुजाको अवसर पारेर जनहि ५० हजार दुर्घटना राहत सहयोग हस्तान्तरण गरेको हो ।

त्यसैगरी इमाडोलबाट रत्नपार्क चल्ने सफा टेम्पु तथा ग्यास टेम्पुका चालक तथा स्वरोजगार श्रमिकहरूको भेला सोज १ गते सम्पन्न भयको छ।

प्रमुख अतिथि संगठनका उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज नबराज घिमिरेले रुट ब्यवस्थापन, २० वर्ष पूरा भएको सवारीहरूको बारेमा र सडक दुर्घटना न्यूनीकरण सम्बन्धी प्रकाश पार्नु भएको भेलामा ललितपुर जिल्ला कमिटी कोषाध्यक्ष राधेश्याम श्रेष्ठ लगायतका अतिथिहरूको उपस्थित रहेको थियो।

त्यसैगरी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीले विश्वकर्मा पुजाको अवसरमा असोज १ गते कार्यालय परिसरमा रहेको विश्वकर्मा मन्दिरमा पूजाआजा गर्नुका साथै मन्दिरमा नयाँ घण्टी र पाला चढाएको जिल्ला सचिव खिम बहादुर डाँगीले जानकारी दिनुभएको छ । 
 

यात्रुहरुलाई प्रभावकारी सेवा बारे साझा प्रतिवद्धता

चाडपर्वमा यात्रुहरुको प्रभावकारी सेवा र यातायात मजदुरहरुको भूमिकाका विषयमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन काठमाण्डौं उपत्यका बुकिङ कमिटीले असोज ५ गते कोटेश्वरमा छलफल तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । 

काठमाकाण्डौं उपत्यकाको चक्रपथ आसपासमा रहेका बुकिङ काउन्टरमा कार्यरत मजदुरहरु र चालक सहचालकहरुलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी विश्वराज खड्काले साझा प्रतिबद्धता गराइएको छ । 

अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतम, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका सल्लाहकार डोलनाथ खनाल लगायतले शुभकामना दिनुभएको कार्यक्रममा चाडपर्वका समय यात्रुहरुको सेवालाई प्रभावकारी बनाउन यात्रुमैत्री व्यवहार, यात्रु तानातान नगर्ने र त्यस्ता कार्यलाई निरुत्साहित गर्ने, तोकिएको वा निर्धारण गरिएको भन्दा बढी भाडा नलिने साझा प्रतिवद्धता जनाएको छ । 

त्यसैगरी अशक्त, अपाङ्गता, जेष्ठ नागरिक, महिला र बालबालिकालाई सहयोग र सम्मान, परिचयपत्र तथा पोशाक लगाएर मात्रै काम गर्ने, काउन्टरमा शौचालय, खानेपानी, बस्ने व्यवस्था, इन्टरनेटको व्यवस्था र बुकिङ काउन्टरमा गन्तव्य स्थानको मात्रै नाम लेख्ने, बीचबाटोमै यात्रु अलपत्र हुने गरी गन्तव्य स्थान ढाँटेर टिकट नकाट्ने  लगायतका १४ वटा बिषयमा यात्रुहरूलाई प्रभावकारी सेवा दिन साझा प्रतिबद्धता जनाएको हो ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा उपचार सहयोग प्रदान

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट मिटर ट्याक्सी इकाई कमिटीले बा २ ज १९२३ का ट्याक्सी चालक अमर सुनुवारकी क्यान्सर पीडित श्रीमति लक्ष्मी सुनुवारको उपचारका लागि १ लाख ६० हजार ५ सय ६५ रुपैया सहयोग गरेको छ ।

असोज ११ गते आयोजित कार्यक्रममा संगठनका सदस्य अमर सुनुवारलाई अध्यक्ष भीमज्वाला राईले उक्त रकम हस्तान्तरण गरेको थियो । 
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अविरल वर्षाका कारण भएको क्षतीबारे दुख व्यक्त

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गोरखा जिल्ला कमिटिले असोज १३ गते एक विज्ञप्ती जारी गर्दै  गत १० गतेबाट सुरु भएको अविरल वर्षाका कारण वाढी–पहिरो, डुवान, सवारी दुर्घटना र विभिन्न क्षेत्रमा राजमार्ग अवरुद्द भई परेको असरले भएको क्षतीबारे दुख व्यक्त गरेको छ । 

साथै गोरखा जिल्लाको धार्चे गाउपालिका लापवेशीबाट सदस्य मदन दमाईले चलाएको बा ४ ख २२७० को यात्रु बाहक बस काठमाडौं जाने क्रममा धादिङ जिल्लाको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा चालक, सह-चालक र यात्रु सहित पांच जना मृत अवस्थामा भेटिएकोले सम्वन्धित निकायले तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न जोडदार माग गरेको छ ।