नेपालमा व्यावसायिक रूपमा सवारी सञ्चालनको थालनीस“गै नेपाली यातायात मजदुरहरूले विभिन्न समयमा आफ्नो हक अधिकारको लागि आन्दोलन सञ्चालन गरेका थिए । यही क्रममा २०३६ सालको असार ९ गते सुनसरीको पानीपिया भन्ने ठाउ“मा यातायात मजदुरहरूले राष्ट्रिय भेलाको आयोजना गरे । यसै भेलाबाट “नेपाल यातायात स्वतन्त्र मजदुर संगठन” को स्थापना गरियो ।
नेयास्वमसं यातायात क्षेत्रको पहिलो र शक्तिशाली सङ्गठनको रूपमा नेपाल सरकारको श्रम विभागमा राष्ट्रिय टे«ड युनियन संघको रूपमा नं ३ मा दर्ता भएको छ । यो नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) को संस्थापक सदस्य पनि हो ।
नेपाली मजदुर पक्षीय ट्रेड युनियन आन्दोलनको शक्तिशाली र सशक्त दस्ताको रूपमा स्थापित यो सङ्गठन सबै खाले यातायात मजदुरहरूको साझा र स्वतन्त्र युनियनको रूपमा सञ्चालित छ । यातायात क्षेत्रमा कार्यरत झण्डै ४ लाख मजदुरहरूमध्येको ठूलो सङ्ख्या यस संगठनको छातामुनि सम्बद्ध रहेका छन् ।
अधिराज्यको कर्णाली बाहेक १३ वटा अञ्चलमा यो संगठन बिस्तार भएको छ ।
राष्ट्रिय स्तरमा जिफन्टको संस्थापक सदस्यका रूपमा आबद्ध रहेको यो संगठन अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेसनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेसनस“ग आबद्ध छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटीको संगठन बिस्तार अभियान अन्तरगत मंसिर १५ गते दाङ जिल्लाको भालुबाङमा सम्पन्न भेलाले राम प्रसाद सुवेदीको अध्यक्षतामा ११ सदस्यीय भालुबाङ–प्युठान–सितगंगा इकाई कमिटी गठन गरेको छ ।
संगठन केन्द्रीय कमिटी उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज ठाकुर प्रसाद गैरेको प्रमुख आतिथ्यता र सुमनराज खनालको अध्यक्षतामा सम्पन्न सो भेलामा उपमहासचिव खगेन्द्र बहादुर वली, सल्लाहकार संयोजक ध्यान बहादुर राई लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
"श्रमको सम्मान र मर्यादित काम, सामाजिक सुरक्षा कार्यान्वयन हाम्रो अभियान" भन्ने मूल नाराका साथ मंसिर २२ गते नेपालगन्जमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङकर इकाई कमिटीको सातौँ अधिवेशन जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण केसीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले विष्णु बोहराको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
इकाई कमिटी अध्यक्ष कविराम पुनको अध्यक्षता भएको अधिवेशनको उद्घाटन सत्रमा संगठनका केन्द्रीय सल्लाकार ध्यान बहादुर राई, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज खगेन्द्र बहादुर वली, सुदूरपश्चिम प्रदेश अध्यक्ष ललीत चन्द, लुम्बिनी प्रदेश सचिव हुम बहादुर क्षेत्री, लुम्बिनी प्रदेश सदस्य तथा बाँके जिल्ला ईन्चार्ज सुमन गिरी श्रेष्ठ लगायत सम्बन्धित कार्यालय प्रमुख, पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष, मध्यपश्चिम पेट्रोलियम ढुवानीमा अध्यक्ष, नेपालगन्ज श्रम तथा रोजगार कार्यालयका प्रतिनिधी, सामाजिक सुरक्षा कोष नेपालगन्जका प्रमुख साथै स्थानीय जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बुढानिलकण्ठ माइक्रो बस इकाई कमिटीले संगठनका सदस्य चालक सोम बहादुर सुनारलाई स्वास्थ्य उपचारका लागि नगद रु. २७०००/- राहत दिने भएको छ ।
इकाई कमिटी अध्यक्ष मनोज बहादुर राउतको अध्यक्षतामा प्रदेश अध्यक्ष कमरेड शंकर थापा, सचिव शिव कुमार श्रेष्ठ, सह सचिव गणेश बहादुर श्रेष्ठ र कोषाध्यक्ष डाक बहादुर राउत सहितको उपस्थितिमा मंसिर २२ गते बसेको बैठकले सो निर्णय गरेको थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी इकाई कमिटीको मंसिर २५ गते सम्पन्न पाँचौँ अधिवेशनले दुर्योधन बस्नेतको अध्यक्षतामा १७ सदस्य कमिटी निर्वाचित गरेको छ ।
केन्द्रीय अध्यक्ष भीमज्वाला राईलेको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनमा ट्याक्सीमा छुटेका नगद र जिन्सी सामानहरु इमानदारीपूर्वक यात्रुलाई फिर्ता गर्ने ११ जना चालकहरुलाई सम्मान गरिएको थियो ।
दिलबहादुर शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दुर्योधन बस्नेत र स्वागत मन्तव्य रामकृष्ण लामीछानेले गरेको थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्व र नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारी बिच ट्याङ्कर क्षेत्रका श्रमिक र स्वरोजगार श्रमिकहरूको समस्याका बारेमा
मंसिर २७ गते मन्त्रालयमा छलफल भएको छ ।
श्रमिकको समस्या समाधानको लागि विगतमा भएका सहमति कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको माननिय मन्त्री भण्डारीले छलफलमा बताउनु भएको संगठन केन्द्रीय कार्यालयले जानकारी दिएको हो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको पुस २३ गते सम्पन्न रौतहट जिल्लाको आठौं अधिवेशनले बिनोद कुमार बस्नेतको अध्यक्षमा ११ सदस्य जिल्ला कमिटी चयन गरेको छ ।
अधिवेशनका प्रमुख अतिथी जिफन्ट सचिव तारानिधी पन्तले यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूकोलागि यो संगठन भरोसा योग्य भएको भन्नु हुंदै संगठनको कामलाइ अझ प्रभावकारी बनाउन 'जिफन्ट कायाकल्पकालागि अभियान–२०८१' संचालन गरेको बताउनु हुंदै अधिवेशन सफलताको शुभकामना दिनु भयो ।
संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राईले संगठनको नीति तथा कार्यक्रम, सवारी ऐन र यातायात क्षेत्रका श्रमिकहरूले भोग्दै आइरहेका समस्याहरूको बारेमा प्रकाश पार्नु भएको थियो ।
जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झा सहित जनप्रतिनीधी र यातायात ब्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।