नेपालमा व्यावसायिक रूपमा सवारी सञ्चालनको थालनीस“गै नेपाली यातायात मजदुरहरूले विभिन्न समयमा आफ्नो हक अधिकारको लागि आन्दोलन सञ्चालन गरेका थिए । यही क्रममा २०३६ सालको असार ९ गते सुनसरीको पानीपिया भन्ने ठाउ“मा यातायात मजदुरहरूले राष्ट्रिय भेलाको आयोजना गरे । यसै भेलाबाट “नेपाल यातायात स्वतन्त्र मजदुर संगठन” को स्थापना गरियो ।
नेयास्वमसं यातायात क्षेत्रको पहिलो र शक्तिशाली सङ्गठनको रूपमा नेपाल सरकारको श्रम विभागमा राष्ट्रिय टे«ड युनियन संघको रूपमा नं ३ मा दर्ता भएको छ । यो नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) को संस्थापक सदस्य पनि हो ।
नेपाली मजदुर पक्षीय ट्रेड युनियन आन्दोलनको शक्तिशाली र सशक्त दस्ताको रूपमा स्थापित यो सङ्गठन सबै खाले यातायात मजदुरहरूको साझा र स्वतन्त्र युनियनको रूपमा सञ्चालित छ । यातायात क्षेत्रमा कार्यरत झण्डै ४ लाख मजदुरहरूमध्येको ठूलो सङ्ख्या यस संगठनको छातामुनि सम्बद्ध रहेका छन् ।
अधिराज्यको कर्णाली बाहेक १३ वटा अञ्चलमा यो संगठन बिस्तार भएको छ ।
राष्ट्रिय स्तरमा जिफन्टको संस्थापक सदस्यका रूपमा आबद्ध रहेको यो संगठन अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेसनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेसनस“ग आबद्ध छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष बिष्णु बहादुर खत्रीको नेतृत्वमा केन्द्रीय प्रतीनिधी परिषद उपप्रमुख कर्ण सि गुरुङ, उपमहासचिब बिष्णु बहादुर पराजुली लगायतका श्रमिक नेताहरू सम्मिलित प्रतिनिधि मण्डलले गृह सचिव एकनारायण अर्याललाई कास्की पोखराका यातायात मजदुरहरूको समस्या समाधानका निम्ति ध्यानाकर्षण गराएको छ ।
भदौ ४ गतेको भेटमा संगठनका प्रतिनिधि मण्डलले अर्याललाई २६ बुँदै ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
त्यसै गरी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भक्तपुर मिनिबस इकाइ कमिटीको भदौ ३ गते सम्पन्न १५औ पुर्ण बैठकले सङ्गठनलाई गतीशील बनाउने उद्धेश्यले विभिन्न योजनाहरू पारित गरेको छ ।
युवक बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा प्रमुख अतिथि एवम् सङ्गठनका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज नबराज घिमिरे, बागमती प्रदेश सदस्य कमरेड धन बहादुर खत्री लगायतका नेताहरूको उपस्थित हुनुहुन्थ्यो ।
काभ्रे जिल्लाको खोपासी पनौती हुँदै काठमाडौ उपत्यका भित्रिने ट्रिपर चालक तथा सहचालक श्रमिकहरूको भदौ ५ गते सम्पन्न भेलाले प्रनिल जोशीको अध्यक्षतामा १४ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती ट्रिपर इकाई कमिटि गठन गरेको छ ।
भेलाका प्रमुख अतिथि संगठनका उपाध्यक्ष नबराज घिमिरेले नव निर्वाचित कमिटिलाई बधाई तथा सफलताको कामना गर्नुभयो ।
उक्त अवसरमा इन्चार्ज बेद प्रसाद घिमिरे, अध्यक्ष शुनिल ध्वजु, सचिब पर्शुराम सापकोटा ,कोषाध्यक्ष राजु नापित र सदस्य शिबराम खत्री लगायतका अतिथिहरूले शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदुरपस्चिम प्रदेश कमिटिको बिस्तारित बैठक ललित चन्दको अध्यक्षतामा भदौ ९ गते सम्पन्न भयो ।
उक्त बैठकले सुदुर पश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा संगठन बिस्तार गर्ने, बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा सचेतना अभियान संचालन गर्ने कार्ययोजना निर्माण गरेको छ ।
संगठन केन्द्रीय अध्यक्ष भिमज्वाला राईको प्रमुख अतिथ्यमा सम्पन्न बिस्तारीत बैठकले अगामी १ वर्षकालागि ७ बुदे कार्य योजनाहरू तय गरेको हो ।
बैठकमा केन्द्रीय उपमहासचिब तथा प्रदेश इन्चार्ज खगेन्द्र वली, जिफन्ट उपाध्यक्ष ठक्कर बिस्ट लगाएतका नेताहरूको उपस्थीती रहेको थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाई कमिटीको ३१ औ स्थापना दिवस तथा इकाईको १७ औ अधिवेशन भाद्र १४ गते दुर्गा बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।
अधिवेशनले दावा शेर्पाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति र तीन सदस्यीय सल्लाहकार समिति निर्वाचित गरेको छ।

संगठन केन्द्रीय अध्यक्ष कमरेड भिम ज्वाला राईको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनमा उपचार सहयोग बापट ७ जना सदस्यलाई २ लाख ५१ हजार, एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने यातायात श्रमिकका १० जनालाई छोराछोरीलाई ४६ हजार नगद सहित सम्मान, उत्कृष्ट चालक १२ जनालाई ३०हजार नगद सहित सम्मान, संगठनका सदस्यहरूका २ परिवारलार्इ उपचार सहयोग बापत २० हजार, १ जना जेष्ठ चालकलाई १५ हजार नगद सहित सम्मान र संगठनका कुशल सदस्य २ जनालाई ५हजार नगद सहित सम्मान गरेको छ ।
रक्तदान कार्यक्रममा सहभागी ७ जना सदस्यलाई सम्मान पत्र समेत प्रदान गरिएको सो कार्यक्रममा संगठनका प्रतिनिधि परीषद प्रमुख ठाकुर कुमार श्रेष्ठ, नेपाल ट्रेड युनियन माहासंघ जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, संगठन केन्द्रीय उपाध्यक्ष नबराज घिमिरे, बिष्णु लामा, महासचिव केशब थापा निरू लगायतका अतिथिहरूको उपस्थीती रहेको थियो ।
"जहाँ यातायात श्रमिक त्यहा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन" भन्ने नाराकासाथ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती ट्रिपर इकाई कमिटीले भदौ १८ गते घुम्ती शिबिर संचालन गर्यो ।
संगठनका उपाध्यक्ष एवम बागमती प्रदेश इन्चार्ज नवराज घिमिरेको प्रमुख आतिथ्यमा सञ्चालित घुम्ती शिविरमा सदस्यता विस्तार र नविकरण गरिएको थियो ।
त्यसैगरी, संगठनको पनौती नगर कमिटिको १८ औं बैठकले चाडपर्व लक्षित सवारी साधन आधारित दुर्घटना न्यूनीकरण अभियान संचालन गर्ने निर्णय गरेको छ ।
प्रनिल जोशीको अध्यक्षतामा सम्पन्न उक्त बैठकका प्रमुख अतिथि एवम् केन्द्रीय अध्यक्ष भिम ज्वाला राईले नबनिर्बाचित कमिटीलाई प्रमाण–पत्र बितरण गर्नु भएको थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णुबहादुर केसीले यातायात क्षेत्रको सुधार र ट्राफिक व्यवस्थापनका लागि पूर्वाधारमा लगानी बढाउन आवश्यक भएको बताउनु भएको छ ।
ट्राफिक व्यवस्थापन र यातायात क्षेत्रको सुधारको सम्बन्धमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराले यातायात व्यवसायी एवं मजदुर र नेपाल प्रहरीका कर्मचारीबिच भाद्र २४ गते आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले सो कुरा बताउनु भएको हो ।
अध्यक्ष केसीले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) जस्तै तालिम प्रदायक संस्थाको व्यवस्था गरी निश्चित अवधिको तालिम सञ्चालन गर्न माग गर्दै आफ्नो संगठनले संस्थागत रुपमा यातायात मजदुरलाई सचेत बनाउन ‘म जिम्मेवार सवारी चालक’ लगायत सवारी दुर्घटना न्यूनीकरणका लागि देशव्यापी रुपमा अभियान संचालन गर्दै आएको जानकारी दिनु भएको थियो ।