नेपालको श्रमशक्तिको अधिकतम भाग अनौपचारिक क्षेत्रमा छ । त्यसमा पनि घर आधारित प्रकृतिको काममा श्रमिकहरुको ठूलो संलग्नता छ । घरेलु श्रमिक, गृह श्रमिक, सुनचाँदी र धातुसंग सम्बन्धित कलात्मक कामका श्रमिक, थाङ्का र मूर्ति कलासंग सम्बद्ध श्रमिक लगायत श्रमिकहरुको ठूलो संख्या अनौपचारिक र उपेक्षित अवस्थामा छ । जिफन्टले अनौपचारिक क्षेत्रका घर पर्खालभित्र बसेर विविध प्रकृतिका काम गर्ने तर कुनै पनि श्रम कानुन नियमावलीले सम्बोधन नगर्ने खालका श्रमिकहरुलाई संगठित गर्ने अभियान धेरै बर्ष अगाडि सुरु गरी नेपाल घर आधारित श्रमिक युनियन, नेपाल घरेलु श्रमिक युनियन, नेपाल थाङ्का कला ट्रेड युनियन र नेपाल सुनचाँदी कारीगढ ट्रेड युनियन स्थापना गरेको थियो । यी चार वटै ट्रेड युनियनहरुले आफ्नो पहिलो राष्ट्रिय अधिवेशन पनि सम्पन्न गरेका थिए । दोस्रो अधिवेशनको संघारमा पुगेका यी युनियनहरुले एकीकरणको आवश्यकता महसुस गरी ठूलो आकारको प्रभावशाली युनियन निर्माण गरेको युनियन नेपाल गृहश्रमिक ट्रेड युनियन (हुन– होम ओर्कर्स ट्रेड युनियन अफ नेपाल) हो ।
१३ औं अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवसको अवसरमा नेपाल गृह श्रमिक ट्रेड युनियन र युवालयद्वारा संयुक्त रूपमा आयोजित ´घरेलु श्रमिकहरुसंग अनुभव आदनप्रदान र नीतिगत संवाद कार्यक्रम' असार ३ गते ललितपुर सम्पन्न भयो ।
कार्यक्रममा नेकपा एमाले स्थायी समिति सदस्य विन्दा पाण्डे, जिफन्ट सचिव बेलीमाया घले, श्रम मन्त्रालयका प्रतिनिधि कृष्ण प्रसाद भुसाल र घरेलु श्रमिक मन्चकी सचिव गोमा भण्डारी लगायतले घरेलु श्रमिकहरूको समस्या समाधानका विधिहरू, आईएलओ महासन्धि १८९ अनुमोदन, योगदानमा आधारित सामाजिक सुरक्षामा घरेलु श्रमिकको आवद्धता लगायतका विषयमा सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । को अवसरमा नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) र युवालयद्वारा संयुक्त रूपमा आयोजित ´घरेलु श्रमिकहरुसंग अनुभव आदनप्रदान र नीतिगत संवाद कार्यक्रम' असार ३ गते ललितपुर सम्पन्न भयो ।
कार्यक्रममा नेकपा एमाले स्थायी समिति सदस्य विन्दा पाण्डे, जिफन्ट सचिव बेलीमाया घले, श्रम मन्त्रालयका प्रतिनिधि कृष्ण प्रसाद भुसाल र घरेलु श्रमिक मन्चकी सचिव गोमा भण्डारी लगायतले घरेलु श्रमिकहरूको समस्या समाधानका विधिहरू, आईएलओ महासन्धि १८९ अनुमोदन, योगदानमा आधारित सामाजिक सुरक्षामा घरेलु श्रमिकको आवद्धता लगायतका विषयमा सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो ।
नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) ले नरदेवी इकाईमा भाद्र १४ गते व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न गरेको छ।
नेपाल ट्रेड युनियन महसंघ जिफन्ट व्यवसायजन्य सुरक्षा र स्वास्थ्य विभाग सचिव वेलीमैया घले र हुन महासचिव ज्ञानु केसीले, गृह श्रमिकहरूले गर्ने कामका कारण स्वास्थ्यमा पर्ने असर र त्यसबाट सुरक्षित हुने उपाएका बारेमा प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा काठमाडौँ महानगरपालिका -१८ नम्बर वडा अध्यक्ष न्हुच्छे काजि महर्जनले कार्यक्रम सफलताको शुभकामना दिनु हुँदै श्रमिकहरूले अनुशासित र नैतिकवान ढङ्गले आफ्नो काम गरे कामको मर्यादा हुने कुरा बताउनु भयो।
कार्यक्रममा जिफन्टका पुरानो नेता कबिन्द्र शेखर रिमाल, हुन सचिव अनिता तुलाधर र जनप्रतिनिधिहरू रचना राजभण्डारी र अम्बीका सुनारको उपस्थिति रहेको थियो।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले २०३६ सालदेखिको मजदुर आन्दोलनले पाएको उपलब्धिको स्मरण गर्दै अधिकार र सफलताको लागि निरन्तरता र सशक्तीकरण जरुरी भएको बताउनु भएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को स्थापना दिवसको सन्दर्भमा भाद्र ३१ गते पुतलीसडक स्थित, मनमोहन मजदुर भवन जिफन्ट सभाहलमा हुन केन्द्रिय कमिटीद्वारा आयोजित कार्यक्रममा बताउनु भएको हो ।
अध्यक्ष श्रेष्ठले घरेलु श्रमिकहरूको हक-हित र अधिकार संरक्षणको लागि जिफन्टले नियमित सङ्घर्ष गर्दै आइरहेको बताउनु हुँदै सुन, चाँदी, मूर्ति कुट्ने, थान्का, घरमा काम गर्ने ४ वटा यूनियनलाइ एकीकरण गरी नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को २०६३ मा स्थापना गरेको स्मरण गर्नु हुँदै नेपालमा अधिकतम श्रमशक्ती अनौपचारीक क्षेत्रमा रहेको र त्यसमा पनि घर आधारित क्षेत्रमा ठुलो श्रमिकहरूको संलग्नता रहेको यस क्षेत्रका श्रमिकहरूले न्यूनतम श्रमिक अधिकार पनि नपार्इ रहेको अवस्थामा संगठीत रूपमा आफ्नो अधिकारकोलागि आफै अग्रसर हुनु पर्नेमा जोड दिनु हुँदै यस्कालागि जिफन्टको साथ सहयोग निरन्तर रही रहने बताउनु भयो ।
कुनै पनि श्रमिकको उचित आम्दानी, कामको निरन्तरता र भबिष्यकालागि बचतको सुनिश्चितता जिफन्टको मान्यता रहेको भन्नु हुँदै अध्यक्ष श्रेष्ठले स्थानीय तहमा श्रमिक पंजिकरण सहित योगदानमा आधारित सामाजिक सुरक्षाको सबै श्रमिकहरूलार्इ प्रत्याभूति गराउने जिफन्टको अभियान हामी सबैको सहकार्यले सफल हुने विश्वास व्यक्त गर्नु हुँदै युनियनको स्थापना दिवसको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा हुन सदस्यहरू पूर्ण कुमारी कार्की क्यान्सर रोग र रेवन्त बस्नेत मुटु रोगको कारण निधन हुनु भएकोले तीनका परिवारलाई प्रमुख अतिथि श्रेष्ठले आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।
त्यसैगरी हुन सदस्य अनिता तुलाधर, मिकी कुमारी श्रेष्ठ, एलिशा खत्री, रजनी राज भण्डारी, धन कुमारी के.सी लार्इ पनि उपचार सहयोग अध्यक्षद्वारा प्रदान गर्नु भएको थियो ।
हुन केन्द्रीय अध्यक्ष चन्द्र सागर लामाको अध्यक्षतामा महासचिब ज्ञानु केसीले संचालन, लक्ष्मी खडकाले स्वागत र जिफन्ट सम्बद्ध युनियनहरूको तर्फबाट युनिट्राभ अध्यक्ष सुमन पुराजुलीले शुभकामना दिनुभएको उक्त कार्यक्रममा जिफन्ट उपाध्यक्ष विदुर कार्की, महासचिब लक्ष्मण शर्मा, उपमहासचिव नरनाथ लुइँटेल, कमला तामाङ लगायतका नेताहरूको उपस्थित रहेको थियो ।
त्यसैगरी नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को स्थापना दिवसको अवसरमा भाद्र २९ गते स्याङ्जाको पुतली बजारमा शुभकामना कार्यक्रम सम्पन्न भयो।
हुन सचिव सुवास खातीको आतिथ्यमा भएको सो कार्यक्रममा जिफन्ट ऐक्यबद्धता कोष अन्तर्गत क्यान्सर रोग पीडितहरू हेम बहादुर सुनार र महेन्द्र (सुदन) बि.कलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो। त्यसैगरी भाद्र २९ गते नै ललितपुरमा घरेलु श्रमिकहरूको भेला स्थापना दिवस मनाएको छ ।
हुन अध्यक्ष चन्द्र सागर लामाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा, महासचिव ज्ञानुमाया क्षत्री, केन्द्रीय सदस्य पद्मिनी बज्राचार्य उपस्थित रहेको थियो।
कार्यक्रमको फोटोकोलागी लिंकमा क्लिक गर्नु होला
https://www.facebook.com/media/set/?set=a.122118284918435116&type=3
नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को आयोजनामा 'घरेलु श्रमिक पन्जिकरण तथा योगदान आधारित सामाजिक सुरक्षा सम्बन्धी १ दिने राष्ट्रिय कार्यशाला असोज १९ गते अनामनगर स्थित जिफन्ट स्कुलमा सम्पन्न भएको छ ।
कार्यशाला प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले योगदान आधारित सामाजिक सुरक्षामा सबै श्रमिकहरु सहभागी हुनको निम्ति युनियनको स्थानीय तह सम्मको कमिटीहरु सक्रिय हुनु पर्ने भन्नु हुँदै केही चुनौतीहरू बिचमा पनि महासंघले सामाजिक सुरक्षा लागु गर्न अगुवाई गर्दै अनौपचारिक क्षेत्रबाट सुरू गर्दै अनौपचारिक क्षेत्र र हाल बैदेशिक रोजगारको क्षेत्र सम्म समेत्न सफल भएको बताउनु भयो।
जिफन्टले योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा चार बर्ष भित्र 'मिसन टु मिलिनियम 'अर्थात २० लाख श्रमिकहरूलाई सहभागी गराउने अभियान अन्तर्गत अन्तरगत हाल १६ लाख भन्दा बढी श्रमिकहरू सुचिकृत भैसकेको बताउँदै अब कोषलाई सेवा सुबिधा र व्यवस्थापनको हिसाबले समयनुकुल बनाउँदै लैजानु पर्नेमा जोड दिनु भयो।
कार्यशालामा बागमती प्रदेस सभा सदस्य तथा हुनका संस्थापक अध्यक्ष माननीय बिन्दु श्रेष्ठले आफुहरुको पहलमा प्रदेस सरकारले आफ्नो नीति तथा कार्यक्रममा योगदानमा आधारीत सामाजिक सुरक्षालाई समावेश गरी बजेट विनियोजन गरेको बताउनु हुँदै यस्लाइ अझ प्रभावकारी बनाउन आगामि दिनहरुमा ट्रेड युनियनहरूसंग थप छलफल र सहकार्यमा अगाडी बढ्ने प्रतिबद्धता जनाउनु हुँदै बागमती प्रदेस तहमा श्रम सल्लाहाकार परिषद गठन गर्न पहल भैरहेको र यसमा श्रमिकको क्षेत्रबाट ट्रेड युनियनहरु पनि सहभागी गराउन पहल गरिरहेको समेत जानकारी दिनु भयो ।
त्यसैगरी बागमती प्रदेस सभा सदस्य माननीय सकुन्तला श्रेष्ठ, माननीय बाल कुमारी बि.क र माननीय माया कार्कीले श्रम र श्रमिकको पक्षमा हरपल कम गरिरहेने प्रतिबद्धता ब्यक्त गर्नु हुँदै यस प्रकारको कार्यक्रमले आफुहरु नीति निर्माण तहमा श्रमिकका मुद्धाहरूलाइ उत्थान गर्न मद्दत मिल्ने बताउँदै कार्यक्रममा सहभागी गराएकोमा खुशि ब्यक्त गर्नु भएको थियो ।
कार्यशालामा योगदान आधारित सामाजिक सुरक्षा कोषको सहायक निर्देशक राधिका निरौलाले घरेलु श्रमिक तथा अनौपचारिक र स्वरोजगार श्रमिकहरु कोषमा सहभागी हुनको निम्ति हाल भएको ब्यवस्था र प्रक्रियाको सम्बन्धी र योगदान आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत भए पछी पाउने सुविधाहरूको बारेमा जानकारी गराउनु भएको थियो ।
हुन केन्द्रीय अध्यक्ष चन्द्र सागर लामाले कार्यशालाको अध्यक्षता गर्नु हुँदै युनियनको वर्तमान अवस्था र आगामी योजनाकाबारे जानकारी गराउनु भएको थियो ।
हुन महासचिव ज्ञानुमाया क्षेत्रीले सन्चालन गर्नु भएको उक्त कार्यशालामा जिफन्ट उपध्यक्षहरु बिदुर कार्की , जितेन्द्र श्रेष्ठ महासचिव लक्ष्मण शर्मा सचिवहरु कृष्ण केसी र तारानिधि पन्त सहभागी रहेको थियो।
घर आधारित श्रमिकहरूको अन्तर्राष्ट्रिय दिवस २० अक्टोबरको सन्दर्भमा नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को आयोजनामा स्थानीय तहमा श्रमिक पंजिकरण सम्बन्धी असल कामहरूको अनुभव आदान प्रदान कार्यक्रम कार्तिक ३ गते काठमाण्डोमा सम्पन्न भयो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, महासचिव लक्ष्मण शर्मा, टोखा नगरपालिका प्रकाश अधिकारी, बुढानिलकण्ठ नगरपालिका उपमेयर अनिता लामा, कामनपा ३२ वडा अध्यक्ष नवराज पराजुली, चाँगुनारायण नगरपालिका ३ नं वडा अध्यक्ष स्याम सुन्दर धिमाल र दक्षिणकाली नगर सभा सदस्य सम्झना दनुवार लगायतका जनप्रतिनिधिहरू उपस्थित थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले वर्तमान श्रम बजारको अवस्थाका बारेमा चर्चा गर्नु हुँदै असल कामहरूको निरन्तरताका लागी स्थानीय तह सँगको सहकार्य महत्त्वपूर्ण भएकोमा जोड दिनुहुँदै अगामी दिनमा श्रमिकहरूको मूल मुद्दा भनेको योगदानमा आधारित सामाजिक सुरक्षा रहेकोले यस्कालागी श्रमिक पंजिकरण पहिलो प्राथमिकता रहेकोमा बताउनु भयो ।
बिभिन्न क्षेत्रबाट सहभागी घरेलु श्रमिकहरू बुढानीलकण्ठकी निर्मला धिमिरे, कागेश्वरी मनोहराकी शान्ति श्रेष्ठ, गोकर्णेश्वरकी माया थापा, चन्द्रागिरिकी ललिता अधिकारी, नागर्जुनकी गिता लामा र काठमाण्डो महानगरकी मिली श्रेष्ठ लगायतले स्थानीय तहमा घरेलु तथा घर आधारित श्रमिकहरूले भोग्दै आएका समस्या तथा स्थानीय तहमा श्रमिक पन्जीकरण र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयकालागी पालीकाहरूको योजनाका बारेमा जनप्रतिनिधिहरू समक्ष जिज्ञासा राखेका थिए ।
घरेलु श्रमिकहरूले राख्नु भएको जिज्ञासालाइ सम्बोधन गर्नु हुँदै टोखाका नगर प्रमुख प्रकाश अधिकारीले आफू श्रम र श्रमिकको पक्षमा सम्मान गरिरहने बताउनु हुँदै श्रमिकको अधिकारकालागी संगठीत शक्तीको बिकल्प नभएकोले बताउनु भयो ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले आफ्नो नगरले श्रमिकको पन्जिकरणको ब्यवस्था गरिसकेको बताउनु हुँदै पन्जीकृत श्रमिकहरूलाइ क्रमशः सेवा सुविधा बिस्तार गर्दै लाने बताउनु भयो ।
काठमाडौँ महानगर पालिका ३२ का वडा अध्यक्ष नवराज पराजुलीले श्रमिक र जनप्रतिनधीहरूको नियमित संवादले समस्यालाई समाधान गर्न मद्दत मिल्ने बताउनु भएको कार्यक्रममा हुन अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष चन्द्र सागर लामाले गृह श्रमिकहरूको वर्तमान अवस्था र हुनको योजनाकोबारेमा बताउनु भएको थियो भने कार्यक्रमको संचालन हुन महासचिव ज्ञानु केसीले गर्नु भएको थियो।
कार्यक्रमको फोटाोकालागी लिंकमा क्लिक गर्नुहोस ।
https://www.facebook.com/media/set/?set=a.122124016022435116&type=3
नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट) आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन ) को ललितपुर जिल्लाको सानेपामा फागुन १० गते सम्पन्न भेलाले बिनिता चौधरीको अध्यक्षतामा ७ सदस्यीय हुन ईकाई कमिटी गठन गरेको छ ।
चन्द्र सागर लामा दोङको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेष्ट अध्यक्ष माया गुरुङ, हुन महासचिव ज्ञानु केसी र बागमती प्रदेश अध्यक्ष अनन्त राईले मन्तब्य राख्नु भएको थियो ।