नेपालको श्रमशक्तिको अधिकतम भाग अनौपचारिक क्षेत्रमा छ । त्यसमा पनि घर आधारित प्रकृतिको काममा श्रमिकहरुको ठूलो संलग्नता छ । घरेलु श्रमिक, गृह श्रमिक, सुनचाँदी र धातुसंग सम्बन्धित कलात्मक कामका श्रमिक, थाङ्का र मूर्ति कलासंग सम्बद्ध श्रमिक लगायत श्रमिकहरुको ठूलो संख्या अनौपचारिक र उपेक्षित अवस्थामा छ । जिफन्टले अनौपचारिक क्षेत्रका घर पर्खालभित्र बसेर विविध प्रकृतिका काम गर्ने तर कुनै पनि श्रम कानुन नियमावलीले सम्बोधन नगर्ने खालका श्रमिकहरुलाई संगठित गर्ने अभियान धेरै बर्ष अगाडि सुरु गरी नेपाल घर आधारित श्रमिक युनियन, नेपाल घरेलु श्रमिक युनियन, नेपाल थाङ्का कला ट्रेड युनियन र नेपाल सुनचाँदी कारीगढ ट्रेड युनियन स्थापना गरेको थियो । यी चार वटै ट्रेड युनियनहरुले आफ्नो पहिलो राष्ट्रिय अधिवेशन पनि सम्पन्न गरेका थिए । दोस्रो अधिवेशनको संघारमा पुगेका यी युनियनहरुले एकीकरणको आवश्यकता महसुस गरी ठूलो आकारको प्रभावशाली युनियन निर्माण गरेको युनियन नेपाल गृहश्रमिक ट्रेड युनियन (हुन– होम ओर्कर्स ट्रेड युनियन अफ नेपाल)  हो ।

 

संबद्ध गतिविधिहरू

हुनद्वारा काष्ठकला क्षेत्रमा कार्यरत श्रमिकहरू बिच अन्तरक्रिया

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) द्वारा जेठ १४ गते ललितपुरमा काष्ठकला क्षेत्रमा कार्यरत श्रमिकहरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। 

अन्तरक्रिया कार्यक्रममा श्रमिकहरूको ज्याला, बजार व्यवस्थापन, लगानी तथा व्यवसायसँग सम्बन्धित विषयहरूमा छलफल भएको थियो । 

हुन ललितपुर नगर कमिटी इन्चार्ज सुरेन्द्र तुलाधरको उपस्थीतीमा भएको  अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले काष्टकला क्षेत्रको बजार व्यवस्थापन, कच्चा पदार्थ, कर छुट र सामाजिक सुरक्षा लगायतका बिषयमा जिज्ञासा राख्नु भएको थियो ।
 

हुन इमाडोल इलाका अध्यक्षमा मिना तिमल्सीना चयन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृहश्रमिक ट्रेड युनियन (हुन) ले असार ६ गते  ललितपुर जिल्लाको इमाडोलमा सम्पन्न गृह श्रमिक भेलाले  मिना तिमल्सीनाको अध्यक्षतामा ७ सदस्य इमाडोल इलाका कमिटी गठन गरेको छ । 

हुन केन्द्रीय अध्यक्ष ज्ञानुमाया क्षेत्री ले अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस आईएलओ महासन्धिको महत्व र आवश्यकता, श्रमिक आन्दोलनमा टे«ड युनियनको भुमिका र संगठनको महत्वको बारेमा प्रकाश पार्नुभएको भेलामा, महासचिब हिरा केसी र सदस्य गोमा भण्डारी लगायतका नेताहरूको उपस्थीती रहेको थियो ।
 

हुनद्वारा काठमाडौं महानगरपालिकामा ज्ञापनपत्र पेश

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) ले असार ५ गते घरेलु श्रमिक, घर आधारित श्रमिक, पिस–रेटमा काम गर्ने श्रमिक तथा अन्य अनौपचारिक क्षेत्रका श्रमिकहरुको मर्यादित कामको सुनिश्चिताको माग गर्दै काठमाडौं महानगरपालिका प्रमुख समक्ष ज्ञापनपत्र पेश गरेको छ ।  

हुन अध्यक्ष ज्ञानु केसीको नेतृत्वमा काठमाडौं महानगरपालिकाका सौरभ गौतम समक्ष पेश गरेको ज्ञापनपत्रमा महानगरभित्र कार्यरत घरेलु तथा घर आधारित श्रमिकहरूको तथ्याङ्क संकलन र दर्ता , श्रमिक परिचयपत्र वितरण सामाजिक सुरक्षा कोष तथा अन्य सामाजिक सुरक्षा योजनामा घरेलु र घर आधारित श्रमिकलाई समेट्नु पर्ने लगायतमा बिषय ज्ञापनपत्र  समेटिएको छ । 
 

हुनले मनायो अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृहश्रमिक ट्रेड युनियन (हुन) ले अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवसको सन्दर्भमा जेठ ३० गते शुभकामना आदान प्रदान  कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरि (हुन) ले असार १ गते युवा श्रम तथा रोजगार मन्त्रालय सचिव समक्ष अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवसको सन्दर्भमा माग पत्र पेश गरेको छ । हुन अध्यक्ष ज्ञानु केसीको नेतृत्वमा पेश गरेको माग पत्रमा घरेलु तथा केयर श्रमिकहरूको सूचीकरण, प्रस्थानपूर्व अभिमुखीकरण, सुरक्षित आप्रवासन र योगदानमा आधारीत सामाजिक सुरक्षामा सुचिकरण लगायतका विषय समेटिएको छ ।