घर आधारित श्रमिकलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तालिम

नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) ले नरदेवी इकाईमा भाद्र १४ गते व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न गरेको छ। 

नेपाल ट्रेड युनियन महसंघ जिफन्ट व्यवसायजन्य सुरक्षा र स्वास्थ्य विभाग सचिव वेलीमैया घले र हुन महासचिव ज्ञानु केसीले, गृह श्रमिकहरूले गर्ने कामका कारण स्वास्थ्यमा पर्ने असर र त्यसबाट सुरक्षित हुने उपाएका बारेमा प्रशिक्षण दिनुभएको थियो। 

कार्यक्रममा काठमाडौँ महानगरपालिका -१८ नम्बर वडा अध्यक्ष न्हुच्छे काजि महर्जनले कार्यक्रम सफलताको शुभकामना दिनु हुँदै श्रमिकहरूले अनुशासित र नैतिकवान ढङ्गले आफ्नो काम गरे कामको मर्यादा हुने कुरा बताउनु भयो। 

कार्यक्रममा जिफन्टका पुरानो नेता कबिन्द्र शेखर रिमाल, हुन सचिव अनिता तुलाधर र जनप्रतिनिधिहरू रचना राजभण्डारी र अम्बीका सुनारको उपस्थिति रहेको थियो।