नेपालको श्रमशक्तिको अधिकतम भाग अनौपचारिक क्षेत्रमा छ । त्यसमा पनि घर आधारित प्रकृतिको काममा श्रमिकहरुको ठूलो संलग्नता छ । घरेलु श्रमिक, गृह श्रमिक, सुनचाँदी र धातुसंग सम्बन्धित कलात्मक कामका श्रमिक, थाङ्का र मूर्ति कलासंग सम्बद्ध श्रमिक लगायत श्रमिकहरुको ठूलो संख्या अनौपचारिक र उपेक्षित अवस्थामा छ । जिफन्टले अनौपचारिक क्षेत्रका घर पर्खालभित्र बसेर विविध प्रकृतिका काम गर्ने तर कुनै पनि श्रम कानुन नियमावलीले सम्बोधन नगर्ने खालका श्रमिकहरुलाई संगठित गर्ने अभियान धेरै बर्ष अगाडि सुरु गरी नेपाल घर आधारित श्रमिक युनियन, नेपाल घरेलु श्रमिक युनियन, नेपाल थाङ्का कला ट्रेड युनियन र नेपाल सुनचाँदी कारीगढ ट्रेड युनियन स्थापना गरेको थियो । यी चार वटै ट्रेड युनियनहरुले आफ्नो पहिलो राष्ट्रिय अधिवेशन पनि सम्पन्न गरेका थिए । दोस्रो अधिवेशनको संघारमा पुगेका यी युनियनहरुले एकीकरणको आवश्यकता महसुस गरी ठूलो आकारको प्रभावशाली युनियन निर्माण गरेको युनियन नेपाल गृहश्रमिक ट्रेड युनियन (हुन– होम ओर्कर्स ट्रेड युनियन अफ नेपाल) हो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन)को चैत्र २१ गते सम्पन्न चौथो अधिवेशनले ज्ञानुमाया क्षेत्रीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कमिटी र प्रतिनिधी परीषद प्रमुखमा चन्द्र सागर लामा निर्वाचित गरेको छ ।
अधिवेशनको उद्धघाटन गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेपालमा घर आधारीत श्रमिकहरूको अधिकारकालागी हुनले गर्दै आइरहेको काम महत्वपुर्ण रहेको भन्नु हुदै अधिवेशन पछी निर्वाचित नेतृत्वले अझ प्रभावकारी काम गर्ने बिश्वास सहित शुभकामना ब्यक्त गर्नु भएको थियो ।
अध्यक्ष श्रेष्ठले बदलिएको राजनैतीक परीस्थीतीमा यूनियनलाइ शसक्त ढगबाट अगाडी बढाउन सकेन भने बिगतमा प्राप्त गरेका अधिकार गुम्न सक्ने बताउदै आजको अवश्यकता शक्तीशाली युनियनको बिकल्प नरहेकोमा जोदिनु भयो
अधिवेशनमा हुन संस्थापक अध्यक्ष तथा बागमती प्रदेश उधोग बायिनज्य तथा प्रशाशन मन्त्री बिन्दु श्रेष्ठ, जिफन्ट महिला कमिटी अध्यक्ष जिफन्ट उपाध्यक्ष सीता लामा, महासचिब लक्ष्मण शर्मा, क्युपेक नेपाल अध्यक्ष शान्ता बस्नेत र IDWF एसिया प्रसान्त संयोजक फिस आइपीले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।
त्यसैगरी IDWF उपाध्यक्ष र उपमहासचिबले भिडियो मार्फत अधिवेशन सफलताको शुभकामना सन्देश दिनु भएको थियो ।
जिफन्ट महासचिब लक्ष्मण शर्माको अध्यक्षतामा भएको बन्द शत्रमा पेश भएको संगठानिक, आर्थीक र बिधान संशोधन प्रतिवेदन अधिवेशनले पारीत गरेको छ ।
अधिवेशनको थप फोटोकोलागी तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122190212960435116&type=3
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृहश्रमिक ट्रेड युनियन (हुन)द्वारा जेठ ३ गते जिफन्ट सभाहलमा युवा नेतृत्व विकास सम्बन्धी छलफल सम्पन्न गरेको छ ।
३५ वर्ष मुनिका युवा-नेतृत्व गतिविधिहरू, अभियानहरूको तथ्याङ्क सङ्कलन तथा युवा पहिचान लगायतका बिषयहरूमा जिफन्ट सचिव कृष्ण केसीको उपस्थीतीमा छलफलमा भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन)द्वारा आफ्ना सदस्यहरूको शिप अभिबृद्धीकालागी गत बैसाख २८ गते देखी संचालन गरेको झोल साबुन, डल्लो साबुन र हर्पिक बनाउने सीपमूलक तालिमको समापन जेठ ६ गते एक कार्यक्रमको आयोजना गरी समापन गरेको छ ।
हुन केन्द्रीय सदस्य शान्ती श्रेष्ठले तालिम दिनु भएको सीपमूलक तालिममा कागेश्वरी मनोहरा नगरपालिका–वडा नं १ मा बसोवास गर्नु हुने हुनका सदस्यहरूको सहभागी रहेको थियो ।
त्यसैगरी सोहि दिन सरस्वती सुनुवारको अध्यक्षतामा ९ सदस्यीय हुन इलाका गठन गरिएको छ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) द्वारा जेठ ६ गते रातोपुल कमिटी अन्तर्गत घरेलु श्रमिक तथा कालीगढ श्रमिकहरूसँग व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तर्क्रिया कार्यक्रममा श्रमिकहरूको कार्यस्थल सुरक्षा, स्वास्थ्य सचेतना, श्रमिक अधिकार तथा संगठनको आवश्यकता सम्बन्धी छलफल गर्नुका साथै जिफन्ट र हुनको सदयता बितरण तथा नविकरण अभियान समेत सन्चालन गरेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन ) स्याङ्जा जिल्लाको पुतलीबजार नगर कमिटीले जेठ ६ गते श्रमिक अधिकार, सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हुन केन्द्रीय उपाध्यक्ष सुभाष खातीको नेतृत्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिफन्ट र हुनको सदस्यता बितरण तथा नविकरण अभियान पनि संचालन गरेको हुन केनद्रीय अध्यक्ष ज्ञानुमाया केसी ले जानकारी दिनु भएको हो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को पहलमा शंखरापुर नगरपालिपकामा स्थापना गरेको श्रम डेक्सले जेठ ६ गते देखी घर आधारीत श्रमिकहरूलाइ पञ्जीकरण गरी परिचयपत्र वितरण सुरु गरेको छ।
नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन)ले घरेलु तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको पहिचान, अधिकार र योगदानमा आधारीत सामाजिक सुरक्षामा पहुँच पुर्याउन नगरपालिकाले थालेको श्रमिक पञ्जीकरणले थप मद्धत मिलेको भन्दै सम्बन्धीत सबैलाइ धन्यवाद दिएको छ ।