नेपालको श्रमशक्तिको अधिकतम भाग अनौपचारिक क्षेत्रमा छ । त्यसमा पनि घर आधारित प्रकृतिको काममा श्रमिकहरुको ठूलो संलग्नता छ । घरेलु श्रमिक, गृह श्रमिक, सुनचाँदी र धातुसंग सम्बन्धित कलात्मक कामका श्रमिक, थाङ्का र मूर्ति कलासंग सम्बद्ध श्रमिक लगायत श्रमिकहरुको ठूलो संख्या अनौपचारिक र उपेक्षित अवस्थामा छ । जिफन्टले अनौपचारिक क्षेत्रका घर पर्खालभित्र बसेर विविध प्रकृतिका काम गर्ने तर कुनै पनि श्रम कानुन नियमावलीले सम्बोधन नगर्ने खालका श्रमिकहरुलाई संगठित गर्ने अभियान धेरै बर्ष अगाडि सुरु गरी नेपाल घर आधारित श्रमिक युनियन, नेपाल घरेलु श्रमिक युनियन, नेपाल थाङ्का कला ट्रेड युनियन र नेपाल सुनचाँदी कारीगढ ट्रेड युनियन स्थापना गरेको थियो । यी चार वटै ट्रेड युनियनहरुले आफ्नो पहिलो राष्ट्रिय अधिवेशन पनि सम्पन्न गरेका थिए । दोस्रो अधिवेशनको संघारमा पुगेका यी युनियनहरुले एकीकरणको आवश्यकता महसुस गरी ठूलो आकारको प्रभावशाली युनियन निर्माण गरेको युनियन नेपाल गृहश्रमिक ट्रेड युनियन (हुन– होम ओर्कर्स ट्रेड युनियन अफ नेपाल) हो ।
नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन)ले फागुण ३ गते जिफन्ट स्कुलमा सुनचाँदी धातुकलामा कार्यरत श्रमिकहरुको भेला सम्पन्न गरेको छ ।
जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलामा हुन अध्यक्ष चन्द्र सागर लामा लगायतका नेताहरूले संगठनको महत्व, काम कर्तब्य र योगदानमा आधारित सामाजिक सुरक्षाका बारेमा प्रकास पार्नु भएको थियो
जिफण्ट आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन)ले चैत्र ९ गते, काठमाडौँ महानगरपालिका मैतिदेवी ईकाई भेला सम्पन्न गरेको छ । भेलाले लक्ष्मी निरौलाको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको छ ।
भेलामा काठमाडौं महानगरपालिका मैतिदेवीमा बसोवास गर्ने हुन सदस्यहरूलाइ सरफ बनाउने तालिम समेत प्रदान गरेको थियो ।

त्यसैगरी चैत्र १४ गते हुन केन्द्रीय अध्यक्ष चन्द्र सागर लामाको उपस्थितिमा चन्द्रागिरी नगरपालिकामा सम्पन्न भेलाले ललिता अधिकारीको अध्यक्षतामा ७ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को आयोजनामा चैत्र ३० गते लमजुङ जिल्लाको बेशिशहरमा सम्पन्न गृह श्रमिकहरूको भेलाले कर्ण बहादुर बिक (रमेश)को अध्यक्षतामा ६ सदस्यीय बेशिशहर नगर कमिटी गठन गरेको छ ।
हुनका केन्द्रीय सचिव सुवास खातीको प्रमुख अतिथ्यतामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता चन्दबहादुर बिकले र संचालन दिपक सुनारले गर्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) द्वारा भाद्र ६ गते हरितालिका तीजको सन्दर्भमा आयोजित कार्यक्रममा बागमती प्रदेशका नवनियुक्त मन्त्री बिन्दु श्रेष्ठलाई बधार्इ र शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले तीज पर्वलाई जिफन्टले सधै वर्गिय आन्दोलनमा केन्द्रीत भएर मनाउदै आएको भन्नु हुंदै तीज पर्वको शुभकामना ब्यक्त गर्नु भयो ।
अध्यक्ष श्रेष्ठले संगठनमा निरन्तरता, प्रतिवद्धता र आत्माबिश्वास भएमा उपलब्धी हांसिल गर्न सकिने भन्नु हुदै हाम्रो अथक प्रयासले नेपालको ट्रेड युनियन आन्दोलनले क्रमस उपलब्धि हासिल गरीरहेको बताउनु भयो ।

हुन संस्थापक अध्यक्ष तथा जिफन्ट संसदीय तथा स्थानीय समन्वय परीषद सदस्य बिन्दु श्रेष्ठ बागमती प्रदेश उद्योग, बाणिज्य, भुमि तथा प्रशासन मन्त्री हुनु भएकोमा हुन केन्द्रिय कमिटीले गरेको बधाई तथा सम्मान ग्रहण गर्नु हुंदै माननीय मन्त्रीले यो उपलब्धी ब्यक्तीको नभइ नेपालको ट्रेड युनियन आन्दोलनको एउटा सानो उपलब्धी रहेको बताउनु भयो ।
माननीय मन्त्री श्रेष्ठले उद्योग बाणिज्य क्षेत्रलाई श्रम मैत्री बनाउन ट्रेड युनियन आन्दोलनको महत्वपुर्ण योगदान रहने भन्नु हुदै यस्कालागि जिफन्टको सहयोग आवश्यक रहेको बताउनु भएको छ ।
केन्द्रीय अध्यक्ष चन्द्र सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिब ज्ञानु माया केसीले गर्नु भएको थियो ।

कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122165793878435116&type=3
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को आयोजनामा कार्तिक ३ गते अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस (अक्टोबर २०) कार्यक्रम सम्पन्न भएको छ ।
हुन केन्द्रीय अध्यक्ष चन्द्र सागर लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसको शुभकामना दिनुहुँदै नेपालमा बदलिएको राजनैतिक परिवेशमा ट्रेड युनियन आन्दोलनको भूमिकाका बारेमा प्रकाश पार्नु भएको थियो ।

अध्यक्ष श्रेष्ठले अराजक समूहले जिफन्ट भवनको तोडफोड गरी लुटपात गरी पुऱ्याएको क्षतिको निन्दा गर्दै श्रमिकहरूको पसिनाले ठड्याएको श्रमिकहरूको आफ्नो भवन श्रमिकहरूकै सहयोगमा अझ व्यवस्थित तथा आधुनिक ढङ्गले निर्माण गर्ने बताउनु भएको छ ।

जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस र तिहार तथा नेपाल सम्बत् ११४६ को शुभकामना व्यक्त गर्नु हुँदै आन्दोलनको नाममा भएको विध्वंस र प्राकृतिक प्रकोपको कारण भएको धन र जनको क्षतिले नेपाली समाजमा पुऱ्याएको क्षतिका कारण उत्पन्न भइरहेको असहज अवस्थामा मनाउन गइरहेको चाडबाडहरूले सद्भाव, शान्ति र आशा जगाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन हुन महासचिव ज्ञानु केसीले गर्नुभएको थियो ।

कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122172875486435116&type=3
नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) केन्द्रीय कमिटीको पुस २४ गते सम्पन्न ४६ ओैं बैठकले चौथो राष्ट्रीय अधिवेशन आगामी चैत्र २१ गते काठमाण्डोमा आयोजना गर्ने निर्णय गरेको छ ।
जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ, महाकसचिब लक्ष्मण शर्माको उपस्थीतीमा हुन अध्यक्ष चन्द्रसागर लामाको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रीय अधिवेशनकालागी महासचिब ज्ञानुमाया क्षेत्रीको संयोजकत्वमा अनिता तुलाधर, सुवास खाती, लक्ष्मी खड्का रहनु भएको प्रतिवेदन लेखन समिती, दिलमाया श्रेष्ठको संयोजकत्वमा ज्ञानु केसी, हीरा केसी रहनु भएको बिधान संशोधन समिती र अनिता तुलाधरको संयोजकत्वमा आर्थिक प्रतिवेदन समिती गठन गरेको छ ।