नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को आयोजनामा 'घरेलु श्रमिक पन्जिकरण तथा योगदान आधारित सामाजिक सुरक्षा सम्बन्धी १ दिने राष्ट्रिय कार्यशाला असोज १९ गते अनामनगर स्थित जिफन्ट स्कुलमा सम्पन्न भएको छ ।
कार्यशाला प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले योगदान आधारित सामाजिक सुरक्षामा सबै श्रमिकहरु सहभागी हुनको निम्ति युनियनको स्थानीय तह सम्मको कमिटीहरु सक्रिय हुनु पर्ने भन्नु हुँदै केही चुनौतीहरू बिचमा पनि महासंघले सामाजिक सुरक्षा लागु गर्न अगुवाई गर्दै अनौपचारिक क्षेत्रबाट सुरू गर्दै अनौपचारिक क्षेत्र र हाल बैदेशिक रोजगारको क्षेत्र सम्म समेत्न सफल भएको बताउनु भयो।
जिफन्टले योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा चार बर्ष भित्र 'मिसन टु मिलिनियम 'अर्थात २० लाख श्रमिकहरूलाई सहभागी गराउने अभियान अन्तर्गत अन्तरगत हाल १६ लाख भन्दा बढी श्रमिकहरू सुचिकृत भैसकेको बताउँदै अब कोषलाई सेवा सुबिधा र व्यवस्थापनको हिसाबले समयनुकुल बनाउँदै लैजानु पर्नेमा जोड दिनु भयो।
कार्यशालामा बागमती प्रदेस सभा सदस्य तथा हुनका संस्थापक अध्यक्ष माननीय बिन्दु श्रेष्ठले आफुहरुको पहलमा प्रदेस सरकारले आफ्नो नीति तथा कार्यक्रममा योगदानमा आधारीत सामाजिक सुरक्षालाई समावेश गरी बजेट विनियोजन गरेको बताउनु हुँदै यस्लाइ अझ प्रभावकारी बनाउन आगामि दिनहरुमा ट्रेड युनियनहरूसंग थप छलफल र सहकार्यमा अगाडी बढ्ने प्रतिबद्धता जनाउनु हुँदै बागमती प्रदेस तहमा श्रम सल्लाहाकार परिषद गठन गर्न पहल भैरहेको र यसमा श्रमिकको क्षेत्रबाट ट्रेड युनियनहरु पनि सहभागी गराउन पहल गरिरहेको समेत जानकारी दिनु भयो ।
त्यसैगरी बागमती प्रदेस सभा सदस्य माननीय सकुन्तला श्रेष्ठ, माननीय बाल कुमारी बि.क र माननीय माया कार्कीले श्रम र श्रमिकको पक्षमा हरपल कम गरिरहेने प्रतिबद्धता ब्यक्त गर्नु हुँदै यस प्रकारको कार्यक्रमले आफुहरु नीति निर्माण तहमा श्रमिकका मुद्धाहरूलाइ उत्थान गर्न मद्दत मिल्ने बताउँदै कार्यक्रममा सहभागी गराएकोमा खुशि ब्यक्त गर्नु भएको थियो ।
कार्यशालामा योगदान आधारित सामाजिक सुरक्षा कोषको सहायक निर्देशक राधिका निरौलाले घरेलु श्रमिक तथा अनौपचारिक र स्वरोजगार श्रमिकहरु कोषमा सहभागी हुनको निम्ति हाल भएको ब्यवस्था र प्रक्रियाको सम्बन्धी र योगदान आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत भए पछी पाउने सुविधाहरूको बारेमा जानकारी गराउनु भएको थियो ।
हुन केन्द्रीय अध्यक्ष चन्द्र सागर लामाले कार्यशालाको अध्यक्षता गर्नु हुँदै युनियनको वर्तमान अवस्था र आगामी योजनाकाबारे जानकारी गराउनु भएको थियो ।
हुन महासचिव ज्ञानुमाया क्षेत्रीले सन्चालन गर्नु भएको उक्त कार्यशालामा जिफन्ट उपध्यक्षहरु बिदुर कार्की , जितेन्द्र श्रेष्ठ महासचिव लक्ष्मण शर्मा सचिवहरु कृष्ण केसी र तारानिधि पन्त सहभागी रहेको थियो।