नेपाल बिजुली ,पेन्टर,प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक-नेपाल) काठमाडौँ महानगर कमिटीको फागुण १० गते सम्पन्न तेस्रो अधिवेशनले पुर्णमान महर्जनको अध्यक्षतामा १३ सदस्यीय महानगर कमिटी निर्वाचित गरेको छ ।
नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) सचिव बेलीमाया घलेको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा क्यूपेक-नेपाल केन्द्रीय उपाध्यक्ष योगेन्द्र शर्मा, महासचिव राजेन्द्र विष्ट, सदस्य मिङमार गोपाल शेर्पा, जिफन्ट बागमती प्रदेश सहसचिव गोपाल कार्की लगायतका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
त्यसै गरी सोही दिन क्युपेक नेपाल कास्की जिल्लाको पोखरा महानगरको १५ नं वडाको ७ औ अधिवेशन सम्पन्न भयो ।
अधिवेशनले टक खुलाल मगरको अध्यक्षतामा ९ सदस्य कमिटी चयन गरेको छ ।