युवा - श्रम र श्रम आन्दोलनसँग सम्बन्धित (नेपाली संस्करण) यो प्रकाशन युवा श्रमिकका लागि तयार पारि एको सन्दर्भ सामग्री हो । यसको प्रस्तुति पनि अन्य पुस्तकहरुको जस्तो छैन। युवा स्वभाव जस्तै मनमा उठ्ने तरङ्गसँगै बगेको छ। यो प्रकाशन अन्य पुस्तकजस्तो ’खास फर्म्याट‘मा पनि छैन। युवा श्रम र श्रमिक आन्दोलन सन्दर्भमा युवाहरुको अध्ययन–भोक जागोस्, भने र तालिका, बक्स र कोटेसन प्रयोग गरिएको छ। यहाँसम्म कि लेखकले वा प्रकाशक संस्थाले आफ्नो इच्छा मुताबिकको निष्कर्ष पनि यहाँ राखिएको छैन, जननेता मदन भण्डारीको भनाइलाई नै निष्कर्षको रूपमा प्रस्तुत गरिएको छ।