गरिखानेका नाममा

गरिखानेका नाममा “निश्चय नै, ट्रेडयुनियन आन्दोलनमा विकृतिका बाछिटा परेका छन् । तर यत्तिकै आधारमा यिनलाई निषेध गर्ने मान्यता बोक्ने हो भने भोलि जथाभावी समाचार लेख्यो भनेर प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने माग बलशाली हुनेछ । स्वच्छन्द ढङ्गले काम गरेको अभियोग लगाउँदै नागरिक समाज र सामाजिक सङ्गठनहरूलाई रोक लगाउने आवाज चर्किँदै जानेछ । समाज बहुलवादी होइन साँचो अर्थमा एकात्मक हुनेछ । अन्ततोगत्वा, यसले दलहरूले राम्रा्े काम गरेनन् त्यसैले दलमाथि प्रतिबन्ध लगाउँ भन्ने ठाउँमा पुरयाउनेछ ।“