रूपान्तरणको लागि एकता नेपाली ट्रेड यूनियन अान्दोलनको कार्यदिशा (अङ्ग्रेजी) पाँचौं राष्ट्रिय महाधिवेशनद्वारा पारित नीतिगत दस्तावेज चैत २२-२५, २०६५, काठमाडौँ जहाँ श्रमिक छन् – त्यहाँ त्यहाँ जिफन्ट हुन्छ । लगानीका सबै क्षेत्रमा काम गर्ने, ज्यालादारीदेखि सबै प्रकृतिका रोजगार सम्बन्धमा कार्यरत, संगठित वा असंगठित, औपचारिक या अनौपचारिक सबै प्रकृति र क्षेत्रका श्रमिकलाई यसले समेट्ने छ । परिथिति हलचल नै गर्न नसक्ने तहमा विग्रिएन भने सबै जिल्लाका अधिकांश गाउँ र नगरमा जिफन्ट पुग्छ । समानता र न्यायको संघर्षमा कसैले औंला उठाउन नसक्ने गरी यसको अविरल यात्रा जारी रहने छ ।