स्टडी सर्कल (NP)

स्टडी सर्कल जिफण्टले शुरू गरेको पछिल्लो ट्रेड यूनियन शैक्षिक अभियान स्टडी सर्कल श्रमिक शिक्षा संचालनको एउटा तरिका हो । यस तरिकाबाट शिक्षा संचालन गर्दा सहभागी र सहजकर्ता एउटै सर्कल (गोलो आकार) मा बसेर सहभागीको आवश्यकता अनुसार छानिएको विषयमाथि छलफल गरी अध्ययन गरिन्छ । गोलाकार रूपमा बसेर गरिने अध्ययन विधि भएकोले यसलाई स्टडी सर्कल भनिएको हो ।