नेपाली प्रवासि श्रमिक संघ जिफन्ट सहयोग समुह कतारको आयोजनामा जेठ १९ गते कतारको सनैया स्थीत प्लाजा मल अरवियन रेस्टुरेण्टको सभाहलमा नेपाली प्रवाशी श्रमिकहरूको भेला सम्पन्न भयो ।
जिफन्ट सहयोग समुहका संस्थापक अध्यक्ष तथा आइटियूसी नेपाल प्रतिनिधि बिश्वराज नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सनैया इलाकामा छुट्टाछुट्टै २ वटा कमिटी गठन गरेको छ ।
सनैया ए र सनैया बि नाम दिइएको ए कमिटीमा धुर्ब राजबंशीको अध्यक्षतामा ७ जना र बि कमिटीमा पोम बहादुर थापाको नेतृत्वमा १५ जनाको इलाका कमिटी गठन गरेको छ ।
नेपाली प्रवासी श्रमिक संघ जिफन्ट सहयोग समुह कतारका कार्यबाहक अध्यक्ष समुन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भेलामा प्रवासी नेपाली मंच मध्यपुर्व सदस्य चानिलाल राजबंशी लगाएत जिफन्ट सहयोग समुह कतारका नेताहरू सहभागी रहेको कतारबाट जिफन्ट सहयोग समुह कतारका कार्यबाहक अध्यक्ष खड्काले जानकारी दिनु भएको हो ।