कुवेत श्रम कानुनबारे नेपाली प्रवासी श्रमिकलाइ प्रशिक्षण

नेपाली प्रवासि श्रमिक संघ जिफन्ट सहयोग समुह कुवेत (जिएसजी कुवेत) र कुवेत ट्रेड युनियन फेडेरेसनको सयुक्त आयोजनामा जेठ १९ गते प्रवासी श्रमिकहरू काममा रहेको अवस्थामा दुर्घटना भएमा कुवेतको कानुन अनुसार पाइने बिमाको बारेमा जानकारी दिन नेपाली श्रमिकलाइ जानकारी दिने उद्धेश्यले एक कार्यक्रमको आयोजना गरेको छ ।



प्रवासी श्रमिकहरूको स्वास्थ्य तथा सुरक्षाका बारेमा आइएओकी कुवेत प्रतिनिधि जुनैद अबुदिपले र कुवेत श्रम कानुनमा दुर्घटना बिमाको ब्यवस्थाका बारेमा कुवेतका कानुनविदले सहभागीहरूलाइ जानकारी गराउनु भएको थियो ।

नेपाली प्रवासि श्रमिक संघ जिफन्ट सहयोग समुह कुवेतका संयोजक गणेश रावतको अध्यक्षता सम्पन्न कायक्रमको संचालन कुवेत ट्रेड युनियन फेडेरेसन महासचिव अल अर्दाले गर्नु भएको कुवेतबाट जिफन्ट सहयोग समुह कुवेतका संयोजक गणेश रावतले जानकारी दिनु भएको हो ।