जिफन्ट कायाकल्पका लागि अभियान २०८१

अभियानको उध्देश्यहरू
यो अभियान सम्पन्न गरेपछि निम्न उध्देश्यहरू हासिल हुनेछन् ।
क)    जिफन्टको आधारभूत तहसम्मको सदस्यहरू र कमिटीगत अवस्थाको जानकारी जिफन्ट एप्समा राख्न सकिने गरी तथ्याङ्क संकलन हुनेछ । 
ख)    केन्द्र देखि स्थानीय तहसम्मका उत्पन्न हुन सक्ने वा भए गरेको अन्तर विरोधहरूको पहिचान र तिनको ठोस समाधानमा पहल हुने हुदा समाधानको आधार तय हुनेछ । 
ग)    जिफन्टको आधारभुत तहमा सैद्धान्तिक राजनैतिक प्रशिक्षण हुनुको साथै जिफन्ट आधारभुत वर्गमा पुग्नेछन् । 
घ)    संभावना बोकेका ४० वर्ष मुनिका महिला र ३० वर्ष मुनिका युवा पुस्ताको पहिचान हुनेछ । 
ङ)     नेता कार्यकर्ताको वर्गीय दृष्टिकोणमा स्पष्ट भई नेता कार्यकर्ता र मजदुरहरू बिचको सम्बन्ध सुमधुर हुनेछ । 
च)     घटक यूनियन तथा जिफन्टको संरचनाहरू बिच एकीकृत भावनाको विकास हुनेछ । 
छ)     अभियान पश्चात जिफन्टको प्रतिनिधि परिषद्ले तोकेको लक्ष्य पूरा भई जिफन्टको प्रभाव विस्तार हुनेछ । 

अभियानको स्वरुप
उक्त अभियान सञ्चालन गर्नको लागि निम्न अनुसारको भौगोलिक एकाईहरूमा जिफन्ट भूगोल कार्यक्षेत्र र घटक युनियन दुबै तर्फबाट अभियान निर्देशिका (कार्यविधि) अनुसार टिम बनाई योजना तयार गरी सोही अनुसार परिचालित हुनुपर्नेछ । सोको लागि निम्न अनुसारको क्लस्टरहरू कायम गरिनेछ । 
प्रदेश    क्लस्टर १    क्लस्टर २    क्लस्टर  ३
कोशी प्रदेश    झापा र इलाम         मोरङ र सुनसरी    उदयपुर
मधेश प्रदेश    बारा, पर्सा , रौतहट    सिराहा, सप्तरी, धनुषा    
वागमती प्रदेश    काठमाण्डौं उपत्यका तथा काभ्रे    मकवानपुर , चितवन     बागमतीका बाँकी जिल्ला 
गण्डकी प्रदेश    कास्की, स्याङजा, नवलपुर, तनहुँ     गणडकीका बाँकी जिल्ला    
लुम्बिनी प्रदेश    रुपन्देही, कपिलवस्तु, परासी     बाँके, बर्दिया, दाङ     
कर्णाली प्रदेश    सुर्खेत, जाजरकोट, दैलेख    यी दुबै प्रदेशका सबै जिल्लाहरूलाई सोही अनुसार सञ्चालन गरिनेछ । 
सुदूरपश्चिम प्रदेश     कैलाली, कञ्चनपुर    

अभियानको कार्य अवधि
यो अभियान २०८१ साल मंसिर १ गते देखि चैत्र मसान्तसम्म सञ्चालन गरिनेछ । मंसिर महिनामा प्रदेश स्तरीय टीम निर्माण, तयारी र अभिमूखिकरण सम्पन्न गर्नुपर्नेछ । पौष १ गते देखि फाल्गुन मसान्तसम्म पालिका तह सम्मको सदस्यता र संगठन सुदृढिकरण सञ्चालन गर्नुपर्नेछ । चैत्र १ गते देखि २५ गते भित्र तथ्याङक संकलन, समीक्षा, प्रतिवेदन लेखन, तथ्यांकको अभिलेखीकरण र पुर्ण प्रतिवेदन प्रकाशन गर्नुपर्नेछ । 

अभियान संचालन गर्नको लागि टिम संरचना
जिफन्ट अन्तर्गतको भुगोल तथा सदस्य यूनियनहरूको कामको घनत्वको आधारमा प्रदेश अध्यक्षहरूको नेतृत्वमा राष्ट्रिय कमिटी सचिवहरूको सहजीकरण तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य, घटक र प्रदेशका नेताहरूको संलग्नतामा निम्नानुसार बनाइन्छ । 
क.    जिफन्ट प्रदेश कमिटी   
ख.    उपलव्ध घटकहरू मध्येका केन्द्रिय अध्यक्ष
ग.    जिफन्ट राष्ट्रिय कमिटी सदस्य  
घ.     सम्बन्धित प्रदेशका सबै घटकका  केन्द्रिय  नेताहरू      
ङ.    घटक यूनियन प्रदेश कमिटी अध्यक्ष र सचिव
च.    जिफन्ट महिला कमिटी, युवा प्रदेश कमिटी संयोजक र सचिव
छ.     तोकिए बमोजिमका केन्द्रिय सचिव जिफन्ट  (सहजकर्ता) 

अभियानभित्र गरिने कार्यहरू
अभियानभित्र टोली नेताहरूले निम्नानुसार गर्नुपर्नेछ ।
क.     अघिल्लो वर्षको विवरणको आधारमा क्रियाशिल र सम्पर्कमा भएका सम्पुर्ण कमिटीहरू – केन्द्र, प्रदेश, जिल्ला, पालिका कमिटीको रुजु गर्ने वा कामको विवरणको म्यापिङ तथा अभिमूखिकरण सम्पन्न गरिनेछ । 
ख.    सोही अवधिमा कार्यथलोको विवरण तयार गर्नुपर्नेछ । त्यसभित्र, 
-    आफ्नो युनियनका पदाधिकारी र सदस्यहरूको (सिंगो टिमको) विवरण टिपोट गर्नुपर्नेछ ।
-    पदाधिकारी र कमिटीका सदस्यहरूको पृष्ठभूमी, राजनीतिक यात्रा, घर–परिवारको स्थिति, शैक्षिक अवस्था, बोल्ने भाषा र अन्य भाषामा विशेष गरी अङ्ग्रेजी र प्राविधिक सीपमा दख्खल भएको भए सो समेत उल्लेख गर्नुपर्नेछ । ।
-    कमिटीका सदस्यहरूको विषयगत दक्षता उल्लेख गर्नुपर्नेछ ।
-    सिङ्गो श्रम शक्ति महिला र युवा संख्या, त्यसमा हाम्रो सदस्य संख्या पत्ता लगाई लेख्नुपर्नेछ । 
-    प्रतिस्पर्धी युनियनको स्थिति टिपोट गर्नुपर्नेछ,  त्यसभित्र; 
    ती युनियनहरूको शक्ति र स्थानीय नेताहरूको सवल र कमजोर पक्षको उल्लेख गर्नुपर्दछ  ।
-    व्यवसायको विवरण भित्र लगानी कर्ता वा समूहको नाम तथा अन्य उपयोगी तथ्यहरू समेटिनुपर्नेछ ।
-    श्रम निरिक्षण प्रतिवेदन हरेक ३ महिनामा सङ्कलित हुने व्यवस्था पक्का गर्न अन्तकृया गर्ने र निर्देशन दिनुपर्नेछ ।
ग.    कार्यथलो स्तरीय कमिटीहरूको स्थानीय अधिवेशन गर्नको लागि योजना बनाउनुपर्नेछ । 
घ.     नयाँ कमिटी निर्माण गर्दा शिफ्ट वा विषयगत उप–कमिटीहरू पनि छन् भने तिनका प्रमुखहरू नै कमिटीको सदस्य बन्ने गरी नेतृत्व निर्माण गर्नुपर्नेछ ।
ङ.    नयाँ कमिटीको पदाधिकारी तय गर्दा उतिकै हैसियत भएका दुई मध्ये एक कमिटीको नेता र अर्को चाँहि महासघंको प्रतिनिधि बन्ने बातावरण बनाउने, उदाहरणको लागि, २५ देखि ५० जना श्रमिकको १ जना नेता र १ जना उपनेता हुने विधि सिकाउनुपर्नेछ ।
च.    सकेसम्म उप–कमिटीहरू (कामको खाका सहित) गठन गर्न स्थानीय कमिटीलाई प्रेरित गर्ने, शिक्षा वा ओएसएच कमिटी जस्तै सामुहिक सौदावाजीको लागि अलग्गै टीम विकास गर्नुपर्नेछ । 
छ.    कार्यथलो स्तरीय कमिटीको हालसालै अधिवेशन भएको भए कुनै एउटा मिती (कटअफ डेट मानी) त्यो कमिटीको बैठक आयोजना गरी प्रतिनिधित्वमा नमिलेको विषय माथिकै तरिका अनुरुप सच्याउन लगाउनुपर्नेछ । यी अधिवेशनहरूलाई प्रचार र औपचारिक तामझाम नगरी सुदृढीकरणको स्पिरीटबाट अघि बढाउनुपर्नेछ ।
ज.    तत्काल कार्यसम्पादन टीमको कार्यक्षेत्र भित्र नपरेका प्रदेश र जिल्लाहरूमा प्रदेश अध्यक्षले त्यस प्रदेश तथा जिल्लाहरूमा रहेका सदस्य युनियनका केन्द्रीय नेताहरू, महासंघ प्रदेश जिल्ला कमिटी, जिफन्ट महिला कमिटी र जिल्ला यूनियन परिषद्का साथीहरूको टीम बनाई स्थानीय कमिटी सुद्धीकरणको काम अघि बढाउनुपर्नेछ । महिला बहुल प्रतिष्ठानहरूमा महिला नेताहरूको टीमलाई पनि कार्य सम्पादन टीममा सामेल गरी परिचालन गर्नुपर्दछ ।
झ.    अभियानभित्र गरिने कामका चरणहरू 
प्रतिष्ठान/ कार्यथलो तहको कमिटी सुदृढिकरण बैठक ।
नयाँ प्रतिनिधि सम्मिलित जिफन्ट परिषद्को पुर्नव्यवस्थापनको लागि बैठक । 
प्रदेश तथा जिल्ला स्तरीय कार्यकर्ता भेला ।
जिफन्ट पालिका अधिवेशन/ सदस्य संघहरूको चरणबद्ध अधिवेशन । 
जिफन्ट पालिका स्तरीय भेला ।
 

कमिटी अनुगमनका आधारहरू 
क.    कमिटीको विषय 
हाम्रो कमिटीहरू कति को  कार्यकारी छन् ?
हाम्रा कमिटीका बैठक कति कति समयमा हुने गरेका छन् ? के अधिवेशनहरू समयमा हुने गरेको छ ? 
हाम्रा कमिटीले गरेको बैठकको निर्णयहरू सदस्य तथा आम मजदुरहरूले कति को महत्व दिने गरेका छन् ? 
स्थानीय यूनियनको व्यवस्थापन संगको सम्बन्ध कस्तो छ ?
हाम्रो यूनियनहरू कति बलिया छन् ? यूनियनले कार्यथलोमा भएका श्रमिकहरू र आफू वरिपरीको श्रमिक समुदायलाई कतिको संगठित गरेको छ ? 
स्थानीय यूनियनको सम्बन्ध कार्यथलोमा भएका श्रमीकहरू सित कस्तो छ  ?
यूनियनको प्रभाव विस्तारका लागि हाम्रा कमरेडहरूले के के योजनाहरू बनाउनु भएको छ ? 
गतिशिलता, ईमानदारीता, सचरित्र र फैलावट आदिको आधारमा हाम्रा यूनियनहरू अरु यूनियनको तुलनामा के कारणले गर्दा विशेष छ ? 
ख.    नेता कार्यकर्ता सदस्य सम्बन्धि विषयहरू 
हाम्रा कमरेडहरू एक आपसमा कतिसम्म आत्मीय (कमरेड ईन आर्मस्) हुनुहुन्छ ? 
नेतृत्व प्रदान गर्ने हाम्रा कमरेडहरू दायित्व निर्वाह गर्ने ड्यूटिफुल  हुनुहुन्छ कि अनुत्पादक (डेड उड) हुनुहुन्छ ? 
हाम्रा कमरेडहरूलाई ‘सशक्त’ बनाउन के कस्ता विषयको प्रशिक्षण आवस्यकता छ ?
हाम्रा कमरेडहरूमा ‘नेता’ हुन अपुग रहेको विषय के के हुन्  ?
स्थानीय युनियसंग बैकल्पिक नेतृत्व निर्माणको गृहकार्य के छ ?
हाम्रा कमरेडहरूको ’सैद्धान्तिक’ आधार के हो ? हाम्रा कमरेडहरू वर्गीय पक्षधरतासंग जातजाती, लैङ्गिक र क्षेत्रगत पहिचानलाई कसरी जोड्नु हुन्छ ?
हाम्रा कमरेडहरू धर्म, परम्परा, संस्कृति र रितिथितिका बारेमा कस्तो धारणा राख्नुहुन्छ ?
अन्तिम प्रश्न– हाम्रा कमरेडहरू किन युनियनमा लाग्नु भएको हो ?
ग.     केन्द्रीय नेताहरूले स्थानीय तहमा गर्नु पर्ने जाँच पडतालका विषयहरू 
जिल्लामा कार्यरत कुनैपनि कमिटीका कमरेडहरू हप्ता वा महीना वा वर्षमा कति दिन खट्नु हुदो रहेछ ? 
संघका स्थानीय सबै संरचनाहरू (प्रदेश-जिल्ला-स्थानीय-सामुदायिक क्लब सहित कार्यथलो र सबै युनियन परिषदका घटक बीच सम्बन्ध र सुचना प्रवाह ’खुकुलो’ रहेछ की ‘कसिलो’ ध्यान दिनुहोला ।
कमिटीहरूलाई सुदृढ गर्न आबश्यक परे महासंघ र सदस्यहरूका संरचना के कस्तो छ स्पष्ट पार्दै सदस्यता वितरणमा झनझट भए त्यसलाई सरल पार्ने व्यवहारिक विधि खोज्ने र युनियनहरूका वैधानिक व्यवस्थाको सम्मान हुने गरी वैकल्पिक उपाय सुझाई युनियनको प्रभावकारी परिचालनको लागि सदस्यहरूलाई उत्साहित पार्नुहोला ।
कमिटीका बैठक / अधिवेशनहरू विधान अनुरुप नियमित गर्न प्रेरित गर्ने, कमिटीहरूको बैठक नियमित नभएका भए कम्तिमा पनि विधानमा उल्लेख भए अनुरुप बैठकहरू गर्न निर्देशित गर्नुहोस । कतिपय कमिटीमा आवद्ध कमरेडहरू अध्यक्ष भएपनि अध्यक्षता / रुलिङ्ग कसरी गर्ने भन्ने भेउ नपाउने, सचिव वा अन्य पदाधिकारीहरू पनि आफ्नो पदीय दायित्व बमोजिमको काम गर्न नजान्ने हुन सक्नुहुन्छ त्यसैले माथिल्ला कमिटीहरूले यसमा तालिम नदिएको भए उहाँहरूको तालिमको व्यवस्था समेत गरिने जानकारी गराउँदै काममा उत्साहित पार्नुहोला ।
कमिटीका अधिवेशन गुटबन्दी र मनपरेकालाई छान्नका लागि आयोजना गरिने मञ्च होइन । हाम्रा कमिटीका पदाधिकारी हुन के कस्तो क्षमता चाहिन्छ त्यो पनि बताउने र नेता हुनेले बिना ‘गनगन’ के कति ‘भारी’ बोक्नु पर्छ र सहनसिलता हुनुपर्दछ भन्ने कुरा स्पष्ट पार्नुहोला ।

आन्तरिक लोकतन्त्र सुदृढ गर्न प्रेरित गर्ने विषय वस्तु
“संगै मर्ने–संगै बाँच्ने” जोडी जस्तै, हामी युनियनकर्मीहरूमा पनि “एउटालाई चोट लाग्दा सबैलाई दुख्छ” भन्ने भावना रहनु पर्ने विषय स्पष्ट पार्ने होला ।
युनियनको वैधानिक व्यवस्था विपरित पार्टी वा संघ महासंघका मन परेका नेताको ‘पक्षधरता’ आधारित च्यानलहरूलाई निरुत्साहित गर्ने । यसबाट सबै तहका कमरेडहरू वीच हार्दिकता विकास गर्न सकिन्छ ।
स्थानीय तहमा जे जस्ता द्वन्द्व भएपनि त्यसलाई अनुगमन कै क्रममा ‘राफसाफ’ पार्ने । ‘कालोलाई कालो र सेतोलाई सेतो’ भन्न पटक्कै नहिच्कीचाउने । कसैप्रति पनि मुलाहिजा नराख्ने र निर्दोष कमरेडलाई, यदी टिममा रहेका कमरेडहरूको व्यक्तिगत रुपमा मन नपर्ने नै भएपनि, ’ठाँउका ठाउँ’ मै न्याय दिनुहोला ।
हामी बहुदलीय जनवादका अनुयायी हौं । त्यसैले, नेतृत्व प्राप्ती, जालझेल, तिकडमबाट हैन; विधिबाट हो भन्ने बुझाउने । हामीले अपनाउने विधि भनेको, 
    १)    पहलकदमी, 
    २)    प्रतिष्पर्धा र 
    ३)    श्रेष्ठता हो । 
पहिलो दुई चरणबाट जो श्रेष्ठ सावित हुन्छ त्यो नै कमिटीको नेता हो । त्यस्तो नेता जन्माउनु, हुर्काउनु र अघि बढाउनु माथिल्लो कमिटीको जिम्मेवारी पनि हो ।

काम र परिवार सन्तुलनका विषयमा ध्यान दिने 
यूनियनको काम भनेको किसानको जस्तो ‘मौसमी’ वा विद्यार्थी/युवाका जस्तो आकस्मिक होईन । जीवन रहेसम्म काम गरिन्छ । काम रहेसम्म युनियनमा हाम्रो कियाशिलता जरुरी छ । यो हाम्रो जीवन हो, त्यसैले काम र पारिवारिक दायित्व बीच सन्तुलन कायम गर्ने सुझाव दिनुहोस् ।