आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालको अयोजनामा मंसिर २४ गते जिफन्ट नियमिट ट्रेड यूनियन स्कुल अनामनगरमा युवा तथा महिला भेला सम्पन्न भएको छ ।

भेलाले सुजन महर्जनको अध्यक्षतामा नो सदस्यीय युवा कमिटी गठन र शबि शेरचनको अध्यक्षतामा सात सदस्यीय महिला कमिटि गठन गरेको छ ।
जिफन्ट उपाध्यक्ष तथा राष्ट्रिय महिला कमिटि अध्यक्ष सिता लामाको प्रमुख अतिथ्यमा सम्पन्न भेलामा उपमहासचिब तथा महिला कमिटि उपाध्यक्ष कमला तामांग, प्रचार र प्रकाशन बिभाग सचिब महेन्द्र लाल श्रेष्ठ र जिफन्ट युवा कमिटि अध्यक्ष बिकी श्रेष्ठ अथितिको रुपमा सहभागी रहनु भएको थियो ।

प्रमुख अतिथी उपाध्यक्ष लामाले जिफन्टले यूनियनमा यूवा तथा महिला सहभागितालाइ बढाउन बिभिन्न कार्यक्रमहरूको संचालन गर्दै अइरहेको बताउनु हुंदै संगठनमा महिला र यूवाको भुमिका महत्वपुर्ण हुने पनि बताउनु भयो ।
इम्प्रेशन नेपालका अध्यक्ष बाल गोपाल थापाको अध्यक्षतामा सम्पन्न भेलामा जिफन्ट प्रचार सचिब महेन्द्रलाल श्रेष्ठ, यूवा कमिटी अध्यक्ष बिके श्रेष्ठ लगाएतले मन्तब्य राख्नु भएको थियो भने महासचिब सुरज अधिकारीले संचालन र उपाध्यक्ष कृपा कार्कीले स्वागत गर्नु भएको थियो ।