काठमाडौं, जिफन्ट सहयोग समूह (जिफन्ट सपोर्ट ग्रुप), मलेशियाको ५औ अधिवेशन सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन माघ ८ गते सम्पन्न भएको हो ।
सो अवसरमा जिफन्ट अध्यक्ष श्रेष्ठले जिफन्टको सीमापारीको कामका विषयमा जानकारी दिदै श्रमिकहरुको हकÞ र हितका विषयमा जिफन्ट सदैव सचेतनाका साथ लागि रहेको बताउनुभयो । उहाँले जिफन्टको लामो संघर्ष पाश्चात हालै नेपालले प्रवासी श्रमिकका लागि पनि सामाजिक सुरक्षा कार्यक्रममा सहभागि हुन पाउने व्यवस्था भएको भन्दै सो कार्यक्रममा आगामी वैशाख देखि सहभागि हुन सकिने जानकारी गराउनुभयो । उहाँले प्रवासबाट मताधिकारको विषयमा जिफन्टले प्रयास गरिरहेको भन्दै यसमा सवैको हातमालोको खाँचो रहेको औंल्याउनुभयो । 
मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा कार्यरत श्रमिकहरुको पहिलो समन्वयकर्ताको रुपमा जिफन्ट सहयोग समुहले काम गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले दूतावासले सदैव जिफन्ट सहयोग समुहसँग नजिक रहेर काम गर्न चाहेको र नेपाली प्रवासी श्रमिकहरुका समस्याहरु समाधानका लागि सबैसँग हातेमालो गर्ने जानकारी दिनु भयो ।
कार्यक्रममा एमटुयुसीका अध्यक्ष जेएच मोहम्मदले जिफन्टको सराहना गर्दै आगामी दिनमा दुई यूनियनहरुबीचमा यस अगाडी नै गरिएको एमओयूलाई परिमार्जन गर्दै थप सहकार्य गर्न तत्पर रहेको जानकारी गराउनु भयो ।
जिफन्ट विदेश विभाग सचिव स्मृति लामाले छोटों समयमा पनि व्यवस्थित तयारीका साथ सम्मेलन सफल पार्न लाग्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै जिफन्ट सहयोग समुहका काम कर्तव्यका वारेमा प्रस्ट पार्नु भयो ।
अधिवेशनमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल, जिफन्ट विदेश विभाग सचिव स्मृति लामा लगायतले मन्तव्य राख्नु भएको थियो । अधिवेशन उद्घाटन समारोहमा मलेशियन ट्रेड युनियन कंग्रेसका अध्यक्ष एचजी मोहमद, खाध्य तथा पेयपदार्थ युनियन मलेशियाका अध्यक्ष माटकर बिन सिवाङ्ग, मलेसियन ट्रेड युनियन महासंघका उपमहासचिव मोहमद खाइरि बिन मान सहभागि हुनुहुन्थ्यो ।
यसैगरी आप्रवासी श्रमिकको अधिकारका पक्षमा पैरवी गर्दै आएको गैरसरकारी संस्था एनएसआई मलेसियाकी निर्देशक एन, गैरसरकारी संस्था तानागानिता, मलेसियाका जोसेफ, पिएसएम पार्टीकी पूर्व महासचिव शिवरंजनी लगायत उपस्थित हुनुहुन्थ्यो । यसैगरी हेल्प मधेसी मलेसियाका पूर्व सल्लाहकार जयप्रकाश साह, नेपाली युवा एकता समुहका संयोजक सरोज साह पनि सहभागि हुनुहुन्थ्यो । कार्यक्रममा जिफन्ट मलेसियाका विभिन्न क्षेत्रीय कमिटीका प्रतिनिधिहरु, स्वयंसेवकहरु, सदस्यहरुको ठूलो सहभागिता थियो । 
कार्यक्रममा दोश्रो सत्र अधिवेशनको वन्द सत्र रहेको थियो । अधिवेशनको निर्वाचन तथा अध्यक्ष मण्डलमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ, जिफन्ट सचिव स्मृति लामा, वेदकुमार खतिवडा, प्रेम कुमार मगर, विवेक लिम्बु, हुकुम थापा र वेदप्रसाद आचार्य रहनु भएको थियो । अधिवेशनले निर्विरोध रुपमा जिफन्ट सहयोग समूह, मलेसियाको नयाँ कमिटी चयन गरेको छ । विवेक लिम्बुको अध्यक्षतामा नवनिर्वाचित केन्द्रिय कमिटीमा चारजना उपाध्यक्ष, तीनजना महिला सदस्य सहित ३१ ज्ना रहनु भएको छ । 
नवनिर्वाचित कमिटीलाई जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले निर्देशन सहित बधाई तथ शुभकामना दिनु भयो । यसैगरी नवनिर्वाचित कमिटीलाई संगठनको काम, कर्तब्य र जिम्मेवारीका वारेमा जिफन्ट विदेश विभाग सचिव स्मृति लामाले स्पष्ट पार्नुभएको थियो ।
वेदकुमार खतिवडाको स्वागत तथा प्रेम कुमार मगरको सभापतित्वमा सञ्चालित कार्यक्रममा मलेसियाका विभिन्न कम्पनीहरुमा कार्यरत १ सय ७० नेपाली श्रमिक प्रतिनिधि सहभागि हुनुहुन्थ्यो । 