प्रवासी श्रमिकका लागि सामाजिक सुरक्षा सुनिश्चित गरः जिफन्ट

काठमाडौ, प्रवासी श्रमिकको सुनिश्चित भविष्यका लागि सामाजिक सुरक्षाको नारा सहित नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवस मनाएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि जिफन्टले सो दिवस मनाएको हो । 

दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षामा वैदेशिक रोजगारमा जाने श्रमिकलाई आवद्द गराउन आफ्नो महासंघले निरन्तर आवाज उठाउँदै आएको भन्दै अवको केहि समयभित्र त्यो लागु हुने अपेक्षा प्रकट गर्नुभयो । “वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सामाजिक सुरक्षा प्रणालीमा जोडिन सक्ने अवस्थालाई सहज बनाउनु पर्दछ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “जारी भएको कार्यविधिमा भएको कमजोरी हटाउँदै क्रमशः कार्यान्वयन गर्नु पर्दछ ।”



उहाँले सरकारलाई केवल सत्ताको मात्र चिन्ता भएको, श्रम र श्रमिकको बारेमा कुनै चिन्ता र चासो नभएको भन्दै अर्कातर्फ रोजगारदाता पनि श्रमिकलाई सिद्रा बनाउने ध्याउन्नमा रहेका कारण बर्षेनी ठूलो संख्यामा विदेशिन बाध्य भएको बताउनुभयो । उहाँले गठवन्धन सरकार बनेपछिको पहिलो वर्षमा नै वैदेशिक रोजगारीमा जाने श्रमिक संख्यामा ३ सय ७७ प्रतिशतले वृद्दि भएपनि विप्रेषण आप्रवाह सो अनुपातमा नबढ्नुले सरकार नै अनौपचारिक अर्थतन्त्रका पक्षमा रहेको देखिएको धारणा राख्नुभयो ।

जिफन्ट अध्यक्ष श्रेष्ठले प्रश्न गर्नुभयो, परमादेशी सरकार बनेपछि पैसा कहाँ हरायो ? नेपाली श्रमिकले विदेशमा कमाएको रकम अस्वभाविक रुपमा कम नेपाल आएको भन्दै उहाँले सरकारले यसको जवाफ दिनुपर्ने उहाँको भनाई थियो । गत आर्थिक वर्षमा वैदेशिक रोजगारमा जानेहरुको संख्यामा ३ सय ७७ प्रतिशत वृद्दि भएपनि नेपाल भित्रिने विप्रेषणमा केवल ४ दशमलव ८ प्रतिश मात्र वृद्दि भएको छ । तसर्थ जिफन्टले यसमा आशंका गर्ने ठाउँ रहेको जनाएको हो ।



कोभिड १९ को महामारी पछिको पहिलो वर्षमा ३ सय ७७ प्रतिशतले वैदेशिक रोजगारमा जाने श्रमिकको संख्यामा वृद्दि हुनुले नेपालमा युवा श्रमशक्ति पलायनको अवस्था डरलाग्दो चित्र प्रस्तुत गरेको जिफन्टले जनाएको छ । यो मुलुकका लागि अनिष्टको सूचक भएको समेत जिफन्टको भनाई छ ।



कार्यक्रममा बोल्दै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरि थापाले सामाजिक सुरक्षालाई गन्तव्य मुलुकमा रहेका रोजगारदाताहरुसँग पनि जोड्न जरुरी रहेको धारणा राख्नुभयो । उहाँले नेपालबाट जाने श्रमिकले काम गरेवापत गन्तव्य मुलुकका रोजगारदाताले सामाजिक सुरक्षा कोषमा योगदान गर्ने वातावरण निर्माणमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारलाई मर्यादित बनाउन जिफन्टले गर्दै आएको कामको प्रशंसा पनि गर्नुभयो ।



कार्यक्रममा बोल्दै माइग्रेण्ट ट्रेड यूनियन (एमटीयू), कोरियाका अध्यक्ष उदय राईले दक्षिण कोरियामा श्रम गर्न जाने प्रवासी श्रमिकहरु पनि शोषणमा पर्ने गरेको जानकारी दिनुभयो । उहाँले श्रमिकले रुचि अनुसार रोजगारदाता फेर्न नसक्ने, अत्यधिक घण्टा काम गर्न बाध्य हुने लगायतका समस्याहरु रहेको भन्दै कोरियाली भाषा परिक्षा उत्तिर्ण गरेपछि न्यून लागतमा जान पाउनु नै कोरियाको रोजगारीको आकर्षण भएको बताउनुभयो ।


जिफन्ट उपमहासचिब नरनाथ लुंइटेल संचालन गर्नु भएको उक्त कार्यक्रममा जिफन्टले निर्माण गरेको कतारमा प्रवासी श्रमिकहरुको चोटका कथाहरु नामक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
 

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम