जिफन्ट मकवानपुरले हेटौंडा उपमहानगर पालिकामा ज्ञापन पत्र बुझायो
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले अनोपचारीक क्षेत्रमा कार्यरत श्रमिकहरूलाइ योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा सुचिकरण गर्न जिफन्ट लागि परेको बताउनु हुदै जिफन्टले संचालन गरेको मिसन टु मिलियन अभियान यसै अन्तरगत रहेको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले जेठ १७ गते तिलोतमा नगरपालिका स्थित सिमानगरमा अनोपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूकालागी योगदानमा आधारीत सामाजिक सुरक्षा बिषयक छलफल कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरूको सहभागितामा सम्पन्न सो कार्यक्रममा जिफन्टका उपाध्यक्ष कमल गाैतम र नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) केन्द्रिय प्रतिनिधि परिसद प्रमुख जिबन अधिकारीले मन्तब्य दिनु भएको थियो ।