जिफन्ट कोशी प्रदेश र न्युरो अस्पताल बिराटनगर बिच सहुलियत उपचार सम्झोता सम्पन्न
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सहयोग समुहरूले "बैदेशिक रोजगार करको हैन रहरको बिषय बनाऔ" "प्रवासी श्रमिकको अधिकार, सामाजिक सुरक्षा र मर्यादित रोज़गार" भन्ने मुल नाराका साथ कतार, मेलेशिया, बहराइन, युएइ लगाएतका गन्तब्य मुलुकहरूमा मे दिवस २०२४ मनाएका छन् ।
जिफन्ट सहयोग समूह (जिएसजी) कतारद्वारा बैशाख २१ गते दोहामा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवम् जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले बैदेशिक रोजगारीमा जान बाध्य नेपाली श्रमिकहरूलाइ स्वदेशमै मर्यादित रोजारी सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले प्रवासी श्रमिकहरूको भविष्यलाइ सुनिश्चित गर्न योगदानमा अधारीत सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनको बिकल्प नरहेको बताउनु भयो ।
त्यसैगरी जिफन्ट सहयोग समुह (जिएसजी) मलेशियाले बैसाख १९ गते सेलेङोर राज्यको क्लाङ्ग र शाह आलम सहरमा मे दिवसको छुट्टा छुट्टै कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रमका प्रमख अतिथि एवम् जिएजी मलेशियाका सस्थापक संरक्षक प्रेम मगर, संयोजक बेद कुमार खतीवडा र अध्यक्ष बिवेक लिम्बुले मे दिवसको इतिहास र यसको महत्वको बारेमा मन्तव्य राख्नु भएको थियो ।