नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन द सोल्टी होटल इकाईको ४५ औं स्थापना दिवसको सन्दर्भमा असार २३ गते श्री मानवसेवा आश्रम बनस्थलीमा २३८ जना आश्रीतहरूलाइ भोजन बितरण गरेको छ ।
इकाईका अध्यक्ष शिव प्रसाद तिमिल्सिना, उपाध्यक्ष बद्री कुमार भण्डारी, महासचिव कमल घिमिरे लगाएत नेकपा (एमाले) नागर्जुन नगर कमिटी अध्यक्ष नन्दहरी गौतमको उपस्थीती रहेको थियो ।