साहसी पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा साउन १७ गते प्रेश बिज्ञप्ति मार्फत पाकिस्तान स्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएका पर्वतारोहणका विश्वप्रसिद्ध नायक निर्मल पुर्जा ‘निम्स दाई’ तथा साहसी पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

शोक बिज्ञप्तीमा विश्व पर्वतारोहणको इतिहासमा अद्वितीय कीर्तिमान कायम गर्दै साहस, सङ्कल्प र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्ने नेपालका गौरव, पर्वतारोहणका विश्वप्रसिद्ध नायक निर्मल पुर्जा ‘निम्स दाई’ तथा उहाँका साहसी सहयात्रीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा पाकिस्तान स्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएको दुःखद समाचारले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अत्यन्त स्तब्ध तथा मर्माहत भएको उल्लेख गरेको छ।

उहाँहरूको असामयिक निधनले नेपालको पर्वतारोहण क्षेत्रले मात्र होइन, समग्र राष्ट्रले आफ्ना साहसी, समर्पित र प्रेरणादायी सन्ततिहरू गुमाएको भन्दै जिफन्टले यो घटना नेपालको पर्वतारोहण इतिहासका लागि अत्यन्त पीडादायी क्षति भएको बिज्ञप्तीमा भनेको छ ।
 

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम