योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन ट्रेड युनियन आन्दोलनको सफलता: अध्यक्ष विनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गराउन सक्नु नेपालको ट्रेड युनियन आन्दोलनको सफलता रहेको बताउनु भएको छ । 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) सुदुरपश्चिम प्रदेश समन्वय समितिले पुस ८ गते धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठ सो कुरा बताउनु भएको हो ।

अध्यक्ष श्रेष्ठले सरकारी जागिरबाट अवकास पाएका कर्मचारीले पेनशन पाए जस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अबद्ध भएका मध्ये देशभरका ५ सय ८७ जना मजदुरहरूले पनि पेन्सन बुझीरहेको र थुप्रै श्रमिकहरूले कोषमा अबद्ध भएबापत सेवा सुविधा प्राप्त गरिरहेको बताउनु हुँदै तथापि हामी ट्रेड युनियन कर्मीहरू योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई जुन गतिमा अगाडी बढाउनु पर्ने हो, जति प्रभावकारीताका साथ लानु पर्ने हो त्यस्ता सन्तोष मान्न सकिरहेको छैन भन्नु भयो ।

नेपालको श्रम बजारमा देखा परेका समस्याहरूलाई समाधान गर्न एकीकृत ट्रेड युनियनको आवश्यक रहेकोमा जोड लिनु हुँदै अध्यक्ष श्रेष्ठले म भनेर हैन हामी भनेर श्रमिक आन्दोलन सफल बनाउन सबै एक भएर अगाडी बढ्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सहकारी प्रबन्ध विभाग संयोजक देव बहादुर बम, प्रदेश अध्यक्ष जित बहादुर मल्ल, जेटीयुसिसिका बोर्ड सदस्य लगायत जेटीयुसिसिका स्थानीय नेताहरू सहभागी रहेको थियो ।