नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिम प्रदेशको आयोजनामा जिफन्ट कायाकल्प अभिमुखीकरण कार्यक्रम पुस ८ गते धनगढीमा सम्पन्न भएको छ ।
जिफन्ट सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्ल को अध्यक्षतामा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको प्रमुख अतथ्यमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा अभियानको उदेश्य, स्वरुप, संरचना, कार्य अवधि, अभियानभित्र गरिने कार्य र अनुगमनका आधारहरूका बारेमा प्रकाश पार्नु भएको थियो ।

जिफन्ट राष्ट्रिय कमिटी सदस्य सुन्तली चौधरी, जिफन्ट सहकारी प्रबन्ध विभाग संयोजक देव बहादुर बम, सदस्य चन्द्र राम बि.क.लगायत प्रदेशका पाली स्तरका नेताहरूको सहभागिता रहेको कार्यक्रमको संचालन प्रदेश सचिव चन्द्र प्रकाश गैह्रेले स्वागत प्रदेश उपाध्यक्ष ठक्कर विष्ठले गर्नुभएको थियो ।