श्रमस्वीकृति लिने विदेशीको संख्या १० प्रतिशतले घट्यो

कोभिड महामारीपछिको विश्व आर्थिक मन्दीको असर नेपालमा पनि द्खिन थालेको ५ । रोजगारीका लागि यहाँ आउने विदेशी श्रमिकको संख्या घटेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा श्रमस्वीकृति लिने विदेशीको संख्या १० प्रतिशतले घटेको उल्लेख छ आव २०७९–८० मा २ हजार ९९४ रहेको संख्या गत आवमा भने २ हजार ६८५ जनाको मात्ररहेको छ । 

नेपालमा रोजगारीका लागि ९६ देशका नागरिकले श्रमस्वीकृति लिएकामा सबैभन्दा बढी चिनियाँ छन् । नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशतमात्र विदेशी कामदार राख्न सकिने प्रावधान श्रम ऐनमा छ । 

विदेशी नागरिकको श्रम इजाजत व्यवस्था सम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था भए पनि नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौता बमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदारसमेत नेपालमा आउने गरेको पाइन्छ ।
 

दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश