जिफन्टको राष्ट्रिय प्रतिनिधि परिषदको ११ औं बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को राष्ट्रिय प्रतिनिधि परिषदको ११ औं बैठक हिँजो  सम्पन्न भयो । नेकपा (एमाले) का उपमहासचिव तथा जिफन्ट संरक्षक विष्णु रिमालको अध्यक्षतामा साउन ५ र ६ गते काठमाडौंको थापागाउँमा  आयोजित बैठकले विभिन्न प्रस्तावहरू पारित गरेको छ । 

परिषद बैठकले जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठद्वारा प्रस्तुत १७ वटा शीर्षकमा विभाजित अगामी कामको प्रस्ताब पारित गर्‌यो । 

२८ पृष्ठ लामो उक्त कार्यक्रमहरूमा सङ्गठन सुदृढिकरण र सदस्यता वितरण, श्रम कानुन शंसोधन, होटल तथा पर्यटन क्षेत्रका मजदुरको १० % सेवा शुल्क फीर्ता अभियान, तालिमेलाई तलबी अभियान, सबै क्षेत्रमा सामाजिक सुरक्षा लागू गराउने अभियान, आउटसोर्स श्रमिकलाई सङ्गठित गर्ने र सामाजिक सुरक्षामा आवद्ध गराउने अभियान, प्रतिष्ठान स्तरमा श्रम अडिटको कार्यान्वयन गराउने अभियान, प्रशिक्षण सञ्चालन, श्रम सम्बन्ध सन्तुलित बनाउन कार्यथलोमा उठ्ने विवाद निरूपण र श्रम डेस्क स्थापना, श्रमिकका योगदानको प्रचार तथा प्रकाशन गर्ने, व्यवसाय जन्य सुरक्षा र स्वास्थ्य सुरक्षालाई वलियो बनाउने, विभिन्न दिवस र समारोहको  आयोजना, प्रवासी श्रम र रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने श्रमिकका मुद्धामा जेटियुसीसी मार्फत साझा पहल र संयुक्त कामलाई बलियो बनाउने , विशेष कार्यक्रमहरूको आयोजना, केन्द्रीय कार्यलयलाई थप व्यवस्थित बनाउने र सहकार्य तथा जनसङ्गठनको अन्तरसम्बन्ध प्रभावकारी बनाउने जस्ता १७ वटा शीर्षक अन्तरगत वर्षभरी कार्यान्वयन हुने विस्तृत गतिविधिहरू समेत परिषद बैठकले पारित गरेको छ । 

त्यसैगरी, बैठकले उपाध्यक्ष बिदुर कार्कीले पेश गर्नु भएको २१ बुँदे समसायिक बिषयको प्रस्ताव, महासचिव लक्ष्मण शर्माले पेश गर्नु भएको राष्ट्रिय कमिटिको प्रतिवेदन र अर्थिक प्रवन्धक बाबुराम कोइरालले पेश गर्नु भएको आर्थिक प्रतिवेदन पारीत गरेको छ ।

प्रतिवेदन पारित गर्नु पुर्व ४ वटै प्रतिवेदन उपर ५ समुह बनाइ छलफल गरिएको थियो । छलफल पश्चात अर्जुन अर्याल, सुजना जोशी, सरिता नेपाल, कृपा कार्की र शंकर थापाले आ अफ्नो समुहको तर्फबाट सुझाव तथा टिप्पणी पेश गर्नु भएको थियो ।  

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले राष्ट्रिय प्रतिनिधि परिषदको ११ औं बैठकले पारित गरेका कार्यक्रम र बैठकले प्रदान गरेको म्याण्डेडलाई प्रभावकारी कार्यान्वयनमा लैजान सिङ्गो जिफन्ट तयार रहेको र यसबाट ट्रेड युनियन आन्दोलनमा जिफन्टले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । 

थप फोटोकोलागि ……….

https://www.facebook.com/media/set/?set=a.122097945446435116&type=3