जनताको बहुदलीय जनवाद' को प्रणेता जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्तिको अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टको अयोजनामा असार १४ गते देशब्यापी रूपमा श्रमिकहरुले आ–आफ्नो कार्यथलोमा बृक्षारोण गरेको छ ।
जिफन्ट कार्यवाहक अध्यक्ष जितेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यमा जिफन्ट ट्रेड युनियन स्कुल अनामनगरमा वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नु हुदै बिश्व कम्युनिष्ट आन्दोलन संकटममा परिहेको अवस्थामा जनताको बहुदलीय जनबाद सिद्धान्तको प्रतिबादन गरि नेपाली र बिश्व कम्युनिष्ट आन्दोलनमा नयां दिशा दिन महत्वपुर्ण योगदान गर्नु भएको बताउनु भयो ।
महासचिब लक्ष्मण शर्माले श्रमिक आन्दोलनका अभियन्ता, श्रमको सम्मान र सामाजिक परिवर्तनका वाहक कमरेड मदन भण्डारीको जन्म जयन्तीको अवसरमा "रूख रोपौं –वातावरण जेगाऔं" भन्ने नाराका साथ जिफन्टले देशभर श्रमिकहरूको कार्यस्थलमा बृक्षारोपण कार्यक्रम अयोजना गरेको बताउनु भयो ।
बृक्षारोपण कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, उपमहासचबिहरू, सचिबहरू लगाएतका नेताहरूको सहभागिता रहेको थियो ।
साथै लुम्बीनी प्रदेशको बुटवल र ज्योती नगरमा जिफन्ट उपाध्यक्ष कमल गैतमको प्रमुख अतिथ्यतामा बृक्षारोपण सम्पन्न भयो । कार्यक्रममा सचिब हरी कार्की, प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले लगाएतका नेताहरूको सहभागिता रहेको थियो ।
यस अवसरमा जिफन्ट गण्डकी प्रदेश महिला कमिटी, क्यूपेम नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, ब्हीन र स्वास्थ्य कर्मचारी युनियनको अयोजनामा युनियनको कार्यालय, अखा अस्पताल तथा सिजि प्रतिष्ठान परिसर, नवलपुरको देवचुली, पर्बत र स्यान्जामा बृक्षारोपण गरेको छ ।
त्यसैगरी जिफन्ट सुदूरपश्चिम प्रदेश कमिटीले पनि बृक्षारोपण तथा मदन भण्डारी र श्रम अन्दोलन बिषयक बिचार गोष्ठी अयोजना गरेको छ
प्रदेश अध्यक्ष जित बहादुर मल्लको अध्यक्षतामा सम्पन्न गोष्ठीमा जिफन्ट सहकारी प्रबन्ध बोर्डका संयोजक तथा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य देवबहादुर बम प्रमुख अतिथी रहनु भएको थियो ।
यसै अवसरमा नेकपा एमाले पोलीटव्यूरो सदस्य तथा पूर्व मन्त्री पुरुषोतम पौडेलको प्रमुख अतिथ्यमा जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झा को अध्यक्षतामा मदन भण्डारी र श्रम अन्दोलन बिषयक बिचार गोष्ठी सिमरामा सम्पन्न भएका कार्यक्रममा एमाले केन्द्रीय सदस्य 'सरस्वती चौधरी र प्रदेश सचिव क मनोज पौडेल लगाएतका नेताहरूको सहभागिता रहेको थियो ।
जिफन्ट केशी प्रदेशले पनि विराटनगरमा वृक्षारेपण गरेका छ।