सफाइ श्रमिकहरूको भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्टको अयोजनामा टोखा नगरपालिकामा कार्यरत सफाइ र सफाइ बर्गिकरण गर्ने काममा संलन श्रमिकहरूको भेला असार १३ गते सम्पन्न भएको छ ।

नेपाल सफाइ कर्मचारी युनियनका अध्यक्ष मोहन नेपालीको अध्यक्षतामा सम्पन्न सो भेलामा जिफन्ट उपाध्यक्ष विदुर कार्किले सफाइ क्षेत्रका श्रमिक र तीनिहरूले भोगि रहेको समस्या बारे प्रकाश पार्नु हुदै जिफन्टले सफाइ श्रमिकहरूको हक हित र अधिकारको बारेमा गरेका प्रयासहरूको बारेमा बताउनु भएको थियो 

आइएलोको परिचय दिनु हुदै अइएललो परियोजना अधिकृत छिरिङ डोल्मा शेर्पाले यो क्षेत्रका श्रमिकको लागि गरिएका गतिविधि बारेमा बताउनु भएको थियो । रोजगारदाताको तर्फबाट गणेश दाहालले कार्यक्रम सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको सहजिकरण जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठ, नेपाल गृह श्रमिक युनियनका महासचिव ज्ञानु केसि, जिफन्ट परियोजना अधिकृत शंकर घिमिरे र श्रमिक आपूर्तिकर्ता संगम लामाले गर्नु भएको थियो ।

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम