नेपाल ट्रेड युनिनयन महासंघ जिफन्टले संचालन गर्दै आइरहेको ट्रेड युनियन शिक्षामा प्रयोग भइरहेका पाठ्यसामंग्रीलाइ समय सापेक्ष पुनरावलोकन गर्न भदौ ३ गतेदेखि काठमाडौँमा ३ दिने कार्यशाला सुरु गरेको छ ।
डिल्ली बजारस्थित एक होटलमा जारी कार्यशालाको शुभारम्भ गर्नु हुँदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले १७ वर्ष अगाडी बनाएको पाठ्यसामग्री समय सापेक्ष पुनराबलोकन गर्न आवश्यक रहेको बताउनु भयो ।
जिफन्टले कस्का लागी, के गर्न खोजेको र के के गर्ने भन्ने बारेमा स्पष्ट हुँदै वर्तमान श्रम संसारलाइ बुझेर पाठ्यसामग्री पुनरावलोकन गर्न कार्यशालाका सहभागीहरूलाई आग्रह गर्नुभयो ।
सोही अवसरमा जिफन्ट उपाध्यक्ष तथा शिक्षा विभाग प्रमुख बिदुर कार्कीले कार्यशालाको उद्धेश्यकाबारे प्रष्ट पार्नुभयो ।
कार्यशालामा रामशरण प्याकुरेल, डा. पदम खतिवडा र ILO प्रतिनिधी कृपा बस्न्यात लगायतले सहजीकरण गरिरहनु भएको जिफन्ट शिक्षा सचिब हरी बहादुर कार्कीले जानकारी दिनुभयो ।