Home Affiliates Activities

व्हीन पोलिमर्शको अध्यक्षमा कृष्ण राउत

समग्र उद्योग ट्रेड युनियन नेपाल व्हीन पोलिमर्श प्रा ली को साउन १९ गते सम्पन्न दोस्रो अधिवेशनले कृष्ण राउतको नेतृत्वमा ७ सदस्य कार्यसमिति चयन गरेको छ ।

व्हीन केन्द्रिय अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा केन्द्रीय सचिव गीता भण्डारी, केन्द्रीय सदस्य मनोज चौधरी लगाएतका अतिथीहरूले शुभकामना मतब्य राख्नु भएको थियो भने नव निर्वाचित कार्यसमितिलाई मनोज चौधरीले सफथ ग्रहण गराउनु भएको ज्हीन केन्द्रिय सचिब गिता भण्डारीले जानकारी दिनु भएको हो !

 

काठमाण्डौ अलपत्र परेका ७० जना श्रमिकलाई क्युपेक नेपालद्धारा उद्धार

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सम्वध्द यूनियन नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) ले करिब १ महिनादेखि अलपत्र परेका ७० जना श्रमिकलाई उद्धार गरि घर पठाएको छ ।

टोखास्थित होराइजन अपार्टमेन्टको ठेकेदार राशुला अलिले काम लगाई सुरिक्षत आवास र रासनको पनि व्यवस्था नगरेको जानकारी आएकोले क्युपेक नेपालको पहलमा उद्घार गरिएको थियो । 

क्युपेक केन्द्रीय उपाध्यक्ष योगेन्द्र शर्मा, जिल्ला श्रम बिभाग सदस्य टेक नारायण यादब र जिफण्ट टोखानगर कमिटी अध्यक्ष लिला बहादुर बस्नेत सहितको टोलीले सम्बन्धित पक्षसँग समन्वय गरेका थिए ।

नाबुनध्दारा प्रशिक्षण सम्पन्न

जिफन्ट आबध्द– राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) द्वारा आयोजित उदघोषण, वक्तृत्वकला तथा जलवायु संकट र न्यायिक रूपान्तरण सम्बन्धि सचेतना प्रशिक्षण साउन १४ गते  सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो दिन उपाध्यक्ष बिदुर कार्की  र केशबराज बिष्टले प्रशिक्षण दिनु भएको थियो । 

 

प्रचार विभाग प्रमुख  तथा उपाध्यक्ष जितेन्द्र श्रेष्ठले सञ्चारसिप, श्रमिक खबरका समाचार सम्पादक अमरध्वज लामाले वकृत्वकला विषयमा प्रशिक्षण दिनु भएको थियो । 

त्यसै गरी कार्यक्रममा प्रेम  प्रेम प्रधान र सुजना जोशीले जलवायु परिवर्तनको अवधारणा जलवायु परिवर्तनका असरहरूका बारेमा प्रशिक्षण दिनु भएको थियो  

कार्यक्रम समापनमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले प्रशिक्षणमा सहभागिहरूलाइ सहभागिताको प्रमाण पत्र वितरण गर्नु हुदै संगठन निर्माणका लागि यस प्रशिक्षण कार्यक्रमबाट मध्दत मिल्ने बताउनु हुदै सहभागिहरूलाइ शुभकामना दिनु भयो ।

थप फोटाकोलागि तलको लिंकमा क्लिक गर्नु होला ।

https://www.facebook.com/media/set/?set=a.122102856530435116&type=3

 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनध्दारा सदस्यलाइ सहयोग

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन साझा यातायात इकाई कमिटीले साउन १२ गते शनिबार भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोछ ।

पुल्चोक हरिहरभवन स्थित सहकारी बोर्डको कार्यालयमा सम्पन्न कार्यक्रममा ९ जना चालकहरुलाई सवारी चालक अनुमतिपत्र नविकरण सहयोग स्वरूप जनही ३ हजारका  नगद प्रदान गरिएकोछ । 

कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल र संगठनका बागमती प्रदेश अध्यक्ष शंकर थापाले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।  

त्यसैगरी, मस्तिष्क घात भइ उपचार गराइरहनु भएका  नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट बस इकाई कमिटीको साधारण सदस्य राजाराम श्रेष्ठलाइ इकाई कमिटिले १ लाख सहयोग प्रदान गरेको छ । 

संगठन बागमती प्रदेश अध्यक्ष शंकर थापा, सचिब शिव कुमार श्रेष्ठ र कमिटीका सदस्यहरुको उपस्थितिमा साउन १२ गते राजाराम श्रेष्ठको परिवारलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो । 

नेपाल अटो–मेकानिक्स ट्रेड युनियन (नाटु) सदस्य सुनिल पुन मगरको हत्या

नेपाल अटो–मेकानिक्स ट्रेड युनियन (नाटु) ले एक विज्ञप्ति जारी गर्दै नाटुको रोल्पा जिल्ला समन्वय कमिटीमा आवद्ध सदस्य सुनिल पुन मगरको हत्यामा संलग्न दोषीलाइ कडा कारवाही गर्न माग गरेको छ । 

गत साउन ५ गते हातहतियार सहित अराजक समूहको सांघातीक आक्रमणबाट मगरको मृत्यु भएको थियो । उक्त घटनामा नाटु रोल्पा जिल्ला समन्वय कमिटी अध्यक्ष कृष्ण बहादुर अधिकारी गम्भीर घाइते हुनु भएको छ । 

जिफन्टले नाटु रोल्पाका सदस्य सुनिल पुनको हत्याबाट ट्रेड युनियन आन्दोलनका इमान्दार सदस्य गुमाउनु परेकोमा दुःख ब्यक्त गरेको छ । 

शोक सन्तप्त परिवारलाई तत्काल राहत प्रदान गर्न र अपाराधीलाई गिराफ्तार गरी कानुनी कारवाहीको दायरामा ल्याउन समेत नाटुले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ । 
 

युनिट्राभ गण्डकी प्रदेश कमिटी द्वारा रक्तदान

जिफन्ट अवध्द युनियन युनिट्राभ गण्डकी प्रदेश कमिटी द्वारा साउन १० गते आयोजित रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ ।

गण्डकी प्रदेश सांसद गणेशमान गुरुङको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा जिफन्ट गण्डकी अध्यक्ष रुद्र बहादुर खत्री, राष्ट्रिय कमिटी सदस्य पम्फा देवकोटा पहारी लगायतका अतिथिहरू सहभागि रहेको थियो । 

युनिट्राभ प्रदेश अध्यक्ष शालिकराम तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न रक्तदान संचालन सचिव रामकृष्ण तिमिल्सिना गर्नु भएको थियो ।