गत असार २८ गते राती गएको पहिरोसंगै आएको ढुङ्गा लागेर मृत्यु भएका चालक मेघनाथ विकको परिवारलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले साउन ९ गते १ लाख १० हजार १ सय ५ रुपैया सहयोग प्रदान गरेकोछ ।
चितवन भरतपुर महानगरपालिकाको १७ किलो भन्ने स्थानमा असार २८ गते राती गएको पहिरोसंगै आएको ढुङ्गा लागेर गम्भिर घाइते विकले बसलाई करिव ५० मिटर अगाडि पुर्याइ यात्रुहरूलाई सुरक्षित बनाएका थिए ।
उपारको क्रममा मृत्यु भएका विकलाई मरनोपरान्त राष्ट्रिय सम्मान गर्ने तयारी भइरहेको संगठनले जनाएको छ ।
ललितपुरको गोदावरी लगनखेल रुटका चालक राजकुमार तिरुवालाई ट्राफिक प्रहरीका सहायक हवल्दार राजेश चौधरी र जवान अर्जुन राईले हातपात गरेपछि आक्रोशित यातायात मजदुरहरुले आइतबार साँझ सातदोबाटो चोक क्षेत्र अवरूद्ध पारे ।
लगनखेलबाट यात्रु सहित गोदावरी जाँदै गरेको बा २ ख २०७७ नम्बरका चालक तिरुवालाई सहायक हवल्दार राजेश चौधरीले मागेको कागजपत्र ट्राफिक प्रहरी कार्यालयमै रहेकोले आफुसंग नभएको बताएका थिए ।
त्यसपछि आवेसमा आएका ट्राफिक प्रहरीहरूले चालक तिरूवलाई स्टेयरिङमै मुक्काले हानेर लछारपछार गर्दै भूइमा झारेपछि बुटले हानेको र गाडीको स्टेयरिङ नै भाचिनेगरी आक्रमण गरेको घटनाका प्रत्यक्षदर्सीले बताएका छन् ।
ट्राफिक प्रहरीको अमर्यादित व्यबहार विरूद्ध सवारी चालकहरू आन्दोलित बनेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला कमिटी र गोदावरी रुट इकाई कमिटीले सबै गाडीहरु सडकमै राखेर ट्राफिकको कुटपिट विरुद्ध नारावाजी गर्दै राती ८ बजेसम्म सडक अवरुद्ध गरेका थिए ।
यातायात मजदुरहरूले प्रदर्शन गरेको एकताका कारण अन्ततः ट्राफिक प्रहरीले आफ्ना सहायक हवल्दार चौधरी र जवान राईलाई विभागीय कारवाही गर्ने, चालकको उपचार र सवारी साधनको मर्मत गर्ने लगायतका ४ बुँदे सम्झौता गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अवध्द यूनियन नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) को २७ औं स्थापना दिवस साउन ४ गते देरभर बिभिन्न कार्यक्रमको अयोजना गरी मनाइएको छ ।
नाटु अध्यक्ष प्रदिप घिमिरेको अध्यक्षतामा काठमाण्डौंमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ हुनु हुन्थो ।
त्यसैगरी लुम्बीनी प्रदेशको बुटवलमा रक्तदान र दिपप्रज्वलन गरी स्थापना दिवस मनाएएको छ भने सुदुर पश्चिम प्रदेशको कन्चनपुरमा रक्तदान तथा बृक्षारोपण कार्यक्रमको अयोजना गरी संगठनको २७ औं स्थापना दिवस मनाइएको खवर प्राप्त भएको छ ।
काठमाडौं महानगरभित्र रहेका सार्वजनिक यातायातको टिकट बुकिङ काउन्टरहरूलाई यही साउन २० गतेभित्र व्यवस्थित गर्ने विषयमा सम्झौता भएको छ । काठमाडौं महानगरपालिकाका प्रतिनिधिसँग नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारीहरू र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन लगायत यातायात क्षेत्रका ३ वटै महासंघहरूबीच साउन १ गते सम्पन्न छलफलबाट उक्त विषयमा सम्झौता भएको हो ।
काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि किटक बुकिङ काउन्टर हटाउने भन्दै गत असार २७ मा सार्वजनिक सूचना प्रकाशित गरेपछि सरोकारवालाहरूले असार ३१ गते विज्ञाप्ति जारी गर्दै महानगरको निर्णयको विरोध गरेका थिए ।
जिफन्टको अयोजनामा तार्केश्वर नगरपालिकामा कार्यरत सफाइ र सफाइ वर्गिकरण गर्ने श्रमिकहरू सहभागिता मुलक बस्तु स्थीती बिश्लेषण कार्यशाला तथा सफाइ क्षेत्रका श्रमिकहरूको भेला असार २९ गते सम्पन्न भएको छ ।
नेपाल सफाइ कर्मचारी यूनियनका अध्यक्ष मोहन नेपालीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिफन्ट उपाध्यक्ष विदुर कार्किले कार्यक्रमको उध्देश्यबारे जानकारी गराउनु हुदै यस कार्यक्रमले सफाइ क्षेत्रको समस्या तथा समाधानको लागि मदत मिल्ने बताउनु भयो ।
कार्यक्रमको सहजिकरण गृह श्रमिक युनियनका महासचिव ज्ञानु केसि र शंकर घिमिरेले गर्नु भएको थियो ।
नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन क्यूपेक नेपाल कास्की जिल्ला महिला कमिटीको छैठौं अधिवेशन असार २९ गते पोखरामा सम्पन्न भयो ।
क्युपेक केन्द्रिय अध्यक्ष शान्ता बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिबेशनले ललिता मगरको अध्यक्षतामा ११ सदस्यीय कयुपेक नेपाल कास्की जिल्ला महिला कमिटि निर्वाचित गरेको छ ।
जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रूद्र खत्री लगाएत नेताहरूले शुभकामना मन्तब्य राख्नु भएको अधिबेशनमा जिफन्ट गण्डकी प्रदेश उप सचिब संगिता पाण्डे, क्यूपेक केन्द्रीय सचिब बलादेवी राइ लगाएतका नेताहरूको सहभागिता रहेको थियो ।