सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट गण्डकी प्रदेश कार्यालयमा फागुन ७ गते जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले एक्सन रूमको शुभारम्भ गर्नु भएको छ ।
अध्यक्ष श्रेष्ठले विश्वमा आयको प्रविधिको विकास सँगै श्रम संसारलाइ पनि प्रविधि मैत्री बनाउन आठों महाधिवेशनले पारित गरेको कार्यक्रमहरू मध्ये जहा श्रमिक त्यहाँ डटिजिल्ली कार्यक्रम अन्तरगत जिफन्टले केन्द्र बाट मात्र सञ्चालन गर्दै आइरहेको एक्सन रुमलाइ यस वर्ष देखी गण्डकी प्रदेशमा पनि सञ्चालनमा ल्याएको बताउनु भएको छ ।
भर्चुअल माध्यमाबाट आयोजित सो कार्यक्रममा जिफन्ट सातै प्रदेश अध्यक्षहरूबाट शुभकामना दिनुका साथै प्रदेशको रिपोर्टिङ पनि गर्नु भए थियो ।
जिफन्ट महासचिव लक्ष्मण शर्माले सञ्चालन गर्नु भएको सो कार्यक्रममा जिफन्ट पदाधिकारीहरू, सचिवालय सदस्य लगायतका नेताहरू सहभागी रहेको थियो ।
कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीले जिफन्ट केन्द्रलाइ धन्यवाद दिनु हुँदै एक्सन रुमलाइ श्रम आन्दोलनको हितमा व्यापक सदुपयोग गर्ने बताउनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अवद्ध नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन)ले फागुण ५ गते कैलाली जिल्लाको गौरीगंगा नगर स्तरीय भेला सम्पन्न गरेको छ ।
जिफन्ट सहकारी प्रवर्द्धन बोर्ड संयोजक देव बहादुर बमको प्रमुख अतिथ्यतामा भएको सो भेलाले दुर्गा थापाको अध्यक्षतामा ९ सदस्यीय फापुन गौरीगंगा नगर कमिटी गठन गरेको छ ।
फापुन कैलाली जिल्ला अध्यक्ष हिरा बिष्टको अध्यक्षतामा भएको उक्त भेलामा जिफन्ट सुदुरपस्चीम प्रदेश सचिव चन्द्र प्रकाश गैह्रे, सदस्य कर्ण बहादुर हमाल अतिथि रहनु भएको थियो थियो।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) काठमाणडै जिल्लाको तारर्केश्वर नगर कमिटीले फागुण ६ र ७ गते २ दिने सोन्दर्यकर्मिहरूको दक्षता अभिबृद्धी तालिम सम्पन्न गरेको छ ।
१५ जना नाबुन सदस्यहरू सहभागिता रहेको सो तालिमको शुभारम्भ नाबुन केन्द्रीय सदस्य मिना गुरुङ डंगोलले गर्नु भएको थियो ।
हेटौंडा औद्योगिक क्षेत्रको एन्टारटिक बिस्कुट प्रा.लि. व्यबस्थापन पक्षले गैह्र कानुनी तरीकाले एकैपटक ९७ जना श्रमिकहरुलाई निस्कासन गरिएको विरुद्धमा फागुन १ देखि जारी आन्दोलनलाई शसक्त बनाउने भएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश र समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) को फागुण ४ गते हेटौंडा स्थित जिफन्ट प्रदेश कार्यालयमा बसेको संयुक्त बैठकले जारी विरोध कार्यक्रमलाई यथावत राख्दै फागुन ६ गते पत्रकार सम्मेलन र ७ गते हेटौंडामा व्यापक विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।
ह्वीन केन्द्रीय अध्यक्ष आनन्द थामी, जिफन्ट वागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, उपाध्यक्ष अर्जुन अर्याल लगायतका नेताहरूको सहभागी रहेको सो बैठकले ह्वीन केन्द्रीय अध्यक्ष आनन्द थामीको संयोजकत्वमा रामहरि नेपाल, अर्जुन अर्याल, धर्म बस्नेत, भवानी शर्मा, सन्तोष पौडेल, लालकृष्ण प्याकुरेल, केशव अधिकारी र बुद्ध वि.क रहेको आन्दोलन परिचालन स्टेरियङ कमिटी समेत निर्माण गरिएको हेटैंडाबाट केशब अधिकारीले श्रमिक खवरलाइ जानकारी दिनु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले ) मजदुर विशेष चन्दागिरि नगर इलाका कमिटी मातहत ३ वटा शाखाको संयुक्त दोस्रो अधिवेशन फागुण ३ गते एमाले नगर पार्टी कार्यालय गुर्जुधारामा सम्पन्न भयो ।
इलाका अध्यक्ष बिदुर दानीको अध्यक्षतामा, नेकपा एमाले उपत्यका विशेष प्रदेश उपसचिब जितेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशने शाखा १ को अध्यक्षमा राजन परियार, शाखा २ को अध्यक्षमा बिष्णु मगर र शाखा ३ को अध्यक्षमा सन्तोष राई निर्वाचित गरेको छ ।

उपत्यका विशेष प्रदेश कमिटी सदस्य कृष्ण रिमाल, मजदुर विशेष जिल्ला कमिटी अध्यक्ष तुलसी सिवाकोटी, नेकपा एमाले चन्द्रागिरि नगर कमिटी अध्यक्ष उत्तम बहादुर राउत लगाएत अतिथिहरूले शुभकामना मन्तव्य राख्नु भएको सो अधिवेशनको सञ्चालन इलाका कमिटी सदस्य नवराज पण्डितले र स्वागत उपाध्यक्ष कृष्णलाल श्रेष्ठले गर्नु भएको थियो ।
हेटौंडा औद्योगिक क्षेत्रको एन्टारटिक बिस्कुट प्रा.लि. व्यवस्थापन पक्षले गैह्र कानुनी तरीकाले एकै पटक ९७ जना श्रमिकहरूलाई निस्कासन गरिएको विरुद्धमा फागुन १ देखि जारी आन्दोलनलाई सशक्त बनाउने भएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश र समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) को फागुण ४ गते हेटौंडा स्थित जिफन्ट प्रदेश कार्यालयमा बसेको संयुक्त बैठकले जारी विरोध कार्यक्रमलाई यथावत राख्दै फागुन ६ गते पत्रकार सम्मेलन र ७ गते हेटौडामा व्यापक विरोध कार्यक्रम गर्ने निर्णय लिएको छ ।

ह्वीन केन्द्रीय अध्यक्ष आनन्द थामी, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, उपाध्यक्ष अर्जुन अर्याल लगायतका नेताहरूको सहभागी रहेको सो बैठकले ह्वीन केन्द्रीय अध्यक्ष आनन्द थामीको संयोजकत्वमा रामहरि नेपाल, अर्जुन अर्याल, धर्म बस्नेत, भवानी शर्मा, सन्तोष पौडेल, लालकृष्ण प्याकुरेल, केशव अधिकारी र बुद्ध विक रहेको आन्दोलन परिचालन स्टेरिङ कमिटी समेत निर्माण गरिएको हेटैंडाबाट केशव अधिकारीले श्रमिक खवरलाइ जानकारी दिनु भएको हो ।