सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) लोमस फर्मास्युटिल्स प्रा लि को सातौँ अधिवेशन फागुन १० गते सम्पन्न भयो ।
जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनले आशाकाजि थिङको अध्यक्षतामा ८ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
अधिवेशन उद्धघाटन गर्नु हुँदै प्रमुख अतिथि नेपालले सबैलाई समान अधिकार, अवसरमा पहुँच, समानताको प्रत्याभूति र सामाजिक न्याय एवं सुरक्षा हुनुपर्नेमा जोड दिनु हुँदै सामूहिक सम्झौता गर्दा युनियनको सह अस्तित्व हुनु पर्ने र श्रम विवादलाई समाधान गर्ने उपर्युक्त विधि सामाजिक संवाद हो त्यसैले सबै पक्षले इमान्दारिताका साथ प्रस्तुत हुनु पर्ने बताउनु भयो ।
श्रमिकहरूले आफ्ना हक आधारित अधिकार लिनकालागि पनि आन्दोलन गर्नु पर्ने अवस्था दुखद भएको बताउँदै प्रमुख अतिथि नेपालले फितलो श्रम प्रशासनका कारण कानुन प्रभावकारी ढङ्गले कार्यान्वयन हुन नसकेको दुख ब्यक्त गर्नु भयो ।
अधिवेशनमा ह्वीन उप महासचिव अर्जुन चैलागाइ , सचिव अरुणा खनाल, जिफन्ट कागेस्वरि मनहरा नगर कमिटी अध्यक्ष नवीन कार्किले अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
अधिवेशन उद्घाटन सत्रको अध्यक्षता मालती थापाले र सञ्चालन हरिकृष्ण रायमाझीले गर्नु भएको थियो नवनिर्वाचित कमिटीलाई ह्वीन उप महासचिव अर्जुन चैलागाइले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो ।

त्यसैगरी जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्यालको प्रमुख आतिथ्यतामा फागुण १० गते सम्पन्न ह्वीन मकवानपुर जिल्लाको हेटौडामा रहेको आर. एम. केमिकल प्रा. लि.को सातौँ प्रतिष्ठान स्तरीय अधिवेशनले बिष्णु क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको छ ।

ह्वीनको हेटौडामा रहेको सिद्धार्थ प्यालेट प्रतिष्ठानको पनि फागुण १० गते सम्पन्न दोस्रो अधिवेशनले कृष्ण प्रसाद फुयालको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ ।
नवनिर्वाचित कमिटीलाइ पद तथा गोपनियताको सपथ ग्रहण प्रमुख अतिथी ह्वीन केन्द्रिय सदस्य बिनोद लामिछानेले गराउनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) ले मकवानपुर जिल्लाको भिमफेदि गांउपालिकामा फागुण ९ गते स्वास्थ्य स्वयंसेवीहरूको भेला सम्पन्न गरेको छ ।
नेभा केन्द्रीय महासचिव निल कुमारी महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले बिमला बम्जनको अध्यक्षतामा ९ सदस्य पालिका कमिटी गठन गरेको छ ।
भेलामा जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल, नेभा केन्द्रीय सदस्य भवानी अधिकारीले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले स्याङ्जा जिल्लामा फागुण ८ गते अगुवा कार्यकर्ताको भेला सम्पन्न भएको छ ।
जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सो भेलामा महासचिव लक्ष्मण शर्मा र नेकपा एमाले स्याङ्जा जिल्ला कमिटी उपाध्यक्ष महेश पुरीले मन्तव्य राख्नु भएको थियो ।
जिफन्ट स्याङ्जा जिल्ला समन्वय कमिटी अध्यक्ष सुवास खातीको अध्यक्षता सम्पन्न उक्त भेलाको सञ्चालन सचिव उमादेवी बस्यालले गर्नु भएको थियो ।
हेटौंडा औद्योगिक क्षेत्र स्थित एन्टारटिक बिस्कुट प्रालि व्यवस्थापकले गैह्रकानुनी रूपमा निस्काशित ९६ श्रमिकहरूको नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) र आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन)को सशक्त विरोध पछि श्रमको पक्षमा जित भएको छ ।
लामो समयदेखि नियमित प्रकृतिको काम गर्दै आएका ९६ जना श्रमिकहरूले नियमित कामको रोजगार सम्झौताका लागि व्यक्तिगत माग दाबि गर्दै आएका श्रमिक र उद्योगबिच २०८१ भदौ ५ गते देखि जारी रहेको बिवादबाट ९६ जना श्रमिकहरूलाई माघ २९ गते देखि सेवा समाप्त हुने सूचना सहित गैह्र कानुनी निस्कासन गरेको थियो ।
गैह्र कानुनी निष्काशनको विरोधमा फागुन १ गते देखि उद्योगको गेटमा शान्तिपूर्ण धर्ना दिदै आएका श्रमिकहरूले फागुन ७ गते हजारौं श्रमिकहरूको विशाल र्यालीले औद्योगिक क्षेत्र परिक्रमा गरि कम्पनिको गेट परिसरमा विरोध सभा गरेको थियो ।
उक्त विरोध सभामा नेकपा (एमाले) मकवानपुर जिल्ला जन संगठन संयन्त्रका प्रमुख सन्तोष पौडेलले आन्दोलन प्रति ऐक्यबद्धता जनाउनु भएको थियो ।
त्यसै गरी जिफन्ट बाग्मति प्रदेश अध्यक्ष रामहरि नेपाल, प्रदेश उपाध्यक्ष अर्जुन अर्याल र ह्वीन अध्यक्ष अनन्द थामीले सभालाई सम्बोधन गर्नुहुँदै कानुनको अपव्याख्या गर्ने र गैरकानुनी काम गर्ने कार्य तत्काल बन्द गर्न एवं बिना शर्त सबैलाई पुनर्बहाली गर्न माग गरेको थियो ।
जिफन्ट र समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन)ले गरेको विशाल सभा सहितको आन्दोलन कै फलस्वरूप फागुन ८ गते श्रम कार्यालयमा भएको वार्ताबाट निस्कासनमा परेका ९६ श्रमिकहरू बिनासर्त नियमित रोजगारी तर्फ बहाली गर्दै थप ६ जना समेतलाई नियमित गर्ने निर्णय गरि कुल १०२ जना श्रमिकहरूलाई स्थायी गराउने सहमति भएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महासचिव लक्ष्मण शर्माले पर्यटन क्षेत्रमा जलवायु संकटको असर र न्यायिक रूपान्तरण सम्बन्धी संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) द्वारा फागुण ६ गते पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यपत्र पेश गर्नु भएको छ ।
कार्यपत्र पेश गर्नु हुँदै महासचिव शर्माले जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभाव र न्यायिक रूपान्तरणका लागि ट्रेड युनियनको भूमिका बारेमा चर्चा गर्नु भएको थियो ।
जेटियुसिसि अवद्ध ट्रेड युनियनहरू, पर्यटन क्षेत्रका ब्यवसायीहरू, राजनैती पार्टीका प्रतिनिधिहरू सहभागी सो अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उठाउनु भएको विषयलाई जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले प्रकाश पार्नु भएको थियो ।
जिफन्टले श्रम संसारमा डिजिटल प्रविधिको प्रयोगबारे फागुण ७ गते शिप मूलक तालिम पोखरामा सम्पन्न गरेको छ ।
जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव महेन्द्र लाल श्रेष्ठ र प्रचार विभाग सदस्य किरण मालीले प्रविधिको प्रयोग गरी, हाइब्रिड बैठक, प्रशिक्षण सञ्चालन शिपका बारे तालिम दिनु भएको थियो ।
तालिम कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश प्रचार विभाग, कार्यालय सचिव, नेपाल बिजुली ,पेन्टर,प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक-नेपाल) र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधिहरू सहभागी रहेको थियो ।