मजदुर विशेष चन्दागिरि नगरमा ३ वटा शाखाको अधिवेशन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (एमाले ) मजदुर विशेष चन्दागिरि नगर इलाका कमिटी मातहत ३ वटा शाखाको संयुक्त दोस्रो अधिवेशन फागुण ३ गते एमाले नगर पार्टी कार्यालय गुर्जुधारामा सम्पन्न भयो । 

इलाका अध्यक्ष बिदुर दानीको अध्यक्षतामा, नेकपा एमाले उपत्यका विशेष प्रदेश उपसचिब जितेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशने शाखा १ को अध्यक्षमा राजन परियार, शाखा २ को अध्यक्षमा बिष्णु मगर र शाखा ३ को अध्यक्षमा सन्तोष राई निर्वाचित गरेको छ । 

उपत्यका विशेष प्रदेश कमिटी सदस्य कृष्ण रिमाल, मजदुर विशेष जिल्ला कमिटी अध्यक्ष तुलसी सिवाकोटी, नेकपा एमाले चन्द्रागिरि नगर कमिटी अध्यक्ष उत्तम बहादुर राउत लगाएत अतिथिहरूले शुभकामना मन्तव्य राख्नु भएको सो अधिवेशनको सञ्चालन इलाका कमिटी सदस्य नवराज पण्डितले र स्वागत उपाध्यक्ष कृष्णलाल श्रेष्ठले गर्नु भएको थियो ।