नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध निजी तथा आवासीय विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्स्यु) कास्की जिल्लाको चैत्र २ गते सम्पन्न चौथो जिल्ला अधिवेशनले विजय राज अधिकारीको अध्यक्षतामा १० सदस्यीय कमिटी चयन गरेको छ ।
प्याब्सु केन्द्रीय अध्यक्ष शिवलाल उपाध्यायको प्रमुख आतिथ्तामा सम्पन्न सो अधिवेशनमा जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री, प्याब्सु प्रतिनिधि परीषद प्रमुख माधब पौडेल लगायतका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
अधिवेशनको पुर्व सन्ध्या फागुन १ गते अधिवेशन प्रचार प्रसारका लागि मोटरसाइकल र्यालीले पोखरा महानगरको परिक्रमा गरेको थियो ।