सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक सामना गर्दै स्थायित्व, विकास र समृद्धिका लागि सबल अर्थतन्त्र, सामाजिक न्याय र श्रमिक हितका लागि संगठित हुन आब्हान गरेको छ ।
चैत्र १४ गते जिफन्ट सभा हलमा नेपाल कम्युनिस्ट पार्टी एमाले जनसंगठन समन्वय संयन्त्र प्रमुख भानु भकत ढकालको उपस्थितिमा नेकपा एमालेले संचालन गरेको `जागरण अभियानको सन्दर्भमा आयोजित कार्यक्रममा जिफन्ट महासचिव लक्ष्मण शर्माले उक्त कुरा स्पष्ट पारेको हो
कार्यक्रममा जिफन्ट र आबद्ध युनियनका नेताहरूको उपस्थिति रहेको सो कार्यक्रममा अगामी चैत्र १८ गते हुने मोटरसाइल र्याली भब्यताका साथ सम्पन्न गर्ने बारे छलफल भएको थियो ।
थप फोटोकोलागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122146068950435116&type=3
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनद्वारा बाग्मती प्रदेश मातहत अगुवा भेला चैत १३ गते जिफन्ट सभा हलमा सम्पन्न गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) महासचिब लक्ष्मण शर्माको प्रमुख अतिथ्यतामा सम्पन्न सो भेलामा २० बर्षे सवारी साधन र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वान बिषयमा छलफल भएको थियो ।
नेपाल ट्रेड युनियन महासघ (जिफण्ट) आवद्ध जुट, गारमेन्ट, कार्पेट, टेक्टायल मजदुर युनियन, नेपाल (जुगकाटेमयु) कैलाली जिल्ला भेला चैत्र १३ गते सम्पन्न भएको छ ।
जिफन्ट सुदुरपस्चीम प्रदेस उपाध्यक्ष ठक्कर बिष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न सै भेलाले अनिता श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय जुगकाटेमयु कैलाली जिल्ला कमिटी गठन गरेको छ ।

भेलामा प्रदेस जिफन्ट सुदुरपस्चीम प्रदेस सचिव चन्द्र प्रकाश गैह्रे, जिफन्ट कैलाली जिल्ला समन्वय कमिटी संयोजक सुमित कुमार श्रेष्ठको सहभागिता रहेको थियो ।
जिफन्ट आवद्ध नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन) द्वारा बाँके जिल्लाको बैजनाथ गाउँ पालिकामा चैत्र १२ गते कृषी श्रमिक भेला सम्पन्न गरेको छ ।
फापुन केन्द्रीय अध्यक्ष पुर्ण केसीको प्रमुख अतिथ्यतामा भएको सो भेलाले ५ सदस्य पालिका सम्पर्क कमिटी गठन गरेको छ ।
जिफन्ट आवद्ध समग्र उधोग ट्रेड युनियन नेपाल (ह्वीन) स्वस्तिक आयल प्रालीको चैत्र १२ गते सम्पन्न चौथो अधिवेशनले पुरन लाल माझिको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष ललन रायको अध्यक्षतामा जिफन्ट कोशी अध्यक्ष किशोर धमलाको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनमा ह्वीन केन्द्रीय उपाध्यक्ष मनोज मगर, केन्द्रीय सदस्य बिजय मण्डल नेकपा एमाले कोशी प्रदेश सदस्य सत्य नारायण चौधरी लगायतका अतिथीहरूको सहभागीता रहेको थियो ।

नेपाल ट्रेड युनियन महासघै (जिफण्ट) टोखा पालिका कमिटीले पालिकामा श्रम डेक्स र श्रमिक पंजिकरण र योगदानमा आधारित सामाजिक सुरक्षाको बिषयमा टोखा नगर पालीका प्रमुख प्रकाश अधिकारीसंग चैत्र १२ गते छलफल गरेको छ ।
जिफन्ट बिपद व्यवस्थापन संजाल सदस्य सार्कि तामाङको नेतृत्वमा भएको सो भेटमा जिफन्ट टोखा पालीका कमिटी सचिव टेक नारायण यादवले श्रमडेक्स सञ्चालन सम्बन्धी नमुना कार्यविधि पालीका प्रमुख अधिकारी समक्ष पेश गरेको थियो ।