जुगकाटेमयु कैलाली जिल्ला अध्यक्षमा अनिता श्रेष्ठ चयन

नेपाल ट्रेड युनियन महासघ (जिफण्ट) आवद्ध जुट, गारमेन्ट, कार्पेट, टेक्टायल मजदुर युनियन, नेपाल (जुगकाटेमयु) कैलाली जिल्ला भेला चैत्र १३ गते सम्पन्न भएको छ । 

जिफन्ट सुदुरपस्चीम प्रदेस उपाध्यक्ष ठक्कर बिष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न सै भेलाले अनिता श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय जुगकाटेमयु कैलाली जिल्ला कमिटी गठन गरेको छ । 

भेलामा प्रदेस जिफन्ट सुदुरपस्चीम प्रदेस सचिव चन्द्र प्रकाश गैह्रे, जिफन्ट कैलाली जिल्ला समन्वय कमिटी संयोजक सुमित कुमार श्रेष्ठको सहभागिता रहेको थियो ।