गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

नाबुन विराटनगर महानगर कमिटीको अध्यक्षमा बसन्ती गुरुङ निर्वाचित

जिफण्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीको चैत्र १६ गते सम्पन्न चौथो अधिवेशनले  बसन्ती गुरुङको अध्यक्षतामा १७ सदस्यीय महानगर कमिटी निर्वाचित गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले महिलाहरूको नेतृत्व विकास लागि महानगरपालिकाले सधैँ सहयोग गर्ने बताइन ।

जिफन्ट कोसी प्रदेशका अध्यक्ष किशोर धमलाले राज्यले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गरेर अगाडी बढ्नु अहिलेको आवश्यकता रहेको बताउदै जिफन्टले यो विषयलाई पहिलो प्राथमिकतामा राख्दै काम गरीरहेको बताउनु भयो ।

जिफन्ट कोसी प्रदेश युवा कमिटी अध्यक्ष भली सुब्बाले सौन्दर्यकर्मीहरू एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिनु हुंदै नाबुन जहिले पनि जिफन्टको नीति र परिधीमा रहेर आफ्नो काम कर्तव्यमा दृढ रहने बिश्वास ब्यक्त गर्नु भयो  ।

कार्यक्रममा नावुन केन्द्रीय सदस्य गङ्गा तामाङ, नावुन कोसी प्रदेश अध्यक्ष कला डाँगी, सायदा तवसुम लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सोही अवसरमा श्रमिकहरूको हकहितमा लामो समयदेखि काम गर्दै आएका मुरारी प्रसाद भट्टराई र नावुन कोसी प्रदेशको पूर्व उपाध्यक्ष ललिता धिमाललाई सम्मान समेत गरिएको थियो  । 
 

जुगकाटेमयु एस एच कार्पेटको अध्यक्षमा कोपिला श्रेष्ठ चयन

नेपाल ट्रेड युनिणन महासंघ (जिफण्ट) आवद्ध जुट, गार्मेन्ट, कार्पेट, टेक्सटायल मजदुर युनियन, नेपाल (जुगकाटेमयु)ले  एस एच कार्पेटको चैज्ञ १६ गते सातौ अधिबेशन सम्पन्न गरेको छ । 

जिफन्ट सचिब क कृष्ण के सि, जुगकाटेमयु उपाध्यक्ष फुलमाया लामा लगायतका अतिथीहरू सहभागी सो अधिवेशनले कोपिला श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

निर्वाचित कमिटीलाइ जुगकाटेमयु केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले पद तथा गोपनिताको सपथ ग्रहण गराउनु भएको थियो ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्धारा तनहुंको खैरेनीटारमा भेला सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्धारा तनहुं जिल्लाको खैरेनीटार दुलेगौंडा इकाई भेला चैत्र १६ गते संगठन प्रतिनिधि परिषद उपप्रमुख कर्ण सिं गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न गरेको छ । 

भेलाले गोपाल पगेनिको अध्यक्षतामा १३ सदस्यीय कमिटी र ३ सदस्यीय सल्लाहकार कमिटी गठन निर्वाचित गरेको छ ।
 

ह्वीन नेपाल ग्यास र माछापुच्छ्रे ब्रिकमा अधिवेशन सम्पन्न

समग्र उधाग ट्रेड युनियन नेपाल (ह्वीन)द्धारा चैत्र १६ गते सम्पन्न बारा जिल्लाको जितपुर सिमरामा रहेको नेपाल ग्यास प्रालीको १२ औं अधिवेशनले राम बहादुर यादवको अध्यक्षतामा ९ सदस्य कमिटी गठन गरेको छ ।

नव निर्वाचित कमिटीलाइ ह्वीन केन्द्रीय अध्यक्ष आनन्द थामीले पद तथा ,गोपनिताको सपथ ग्रहणा गराउनु भएको सो अधिवेशनमा व्हिन केन्द्रीय सचीव गीता भण्डारी, प्रदेश सचीव प्रेम चौधरी र नेकपा एमालेका नेता एकनाथ ढकाल लगाएतले शुभकामना मन्तबय राख्नु भएको थियो ।

त्यसैगरी सोहीदिन तनहुँ जिल्लाको माछापुच्छ्रे ब्रिक ईकाइ कमिटिको १२ औं अधिवेशनले कुष्ण बहादुर थापाको अध्यक्षमा सात सदस्य कमिटी चयन गरेको छ ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन घोराहीको अध्यक्षमा नोम बहादुर बुढाथोकी चयन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले दाङ जिल्लाको घोराही पालकाको चैत्र १६ गते सम्पन्न तेस्रो अधिवेशनले नोम बहादुर बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटि र ५ सदस्य सल्हाकार कमिटी चयन गरेको केन्द्रीय कमिटी उपमहासचिव खगेन्द्र बहादुर वलीले जानकारी दिनुभएको हो । 

धन बहादुर पुनको अध्यक्षतामा संगठनका केन्द्रीय उपाध्यक्ष ठाकुर प्रसाद गैरेको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनमा, प्रदेश अध्यक्ष मोहन बहादुर क्षेत्री, जिल्ला अध्यक्ष दिपक कुमार बुढाथोकी, जिफन्ट प्रदेश सदस्य शिवराज पन्थी लगायका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । 

नव निर्वाचित कमिटीलाइ पद तथा गोपनिताको सपथ ग्रहण अर्जुन अधिकारीले गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव बसन्त चौधरीले गर्नुभएको थियो  ।
 

जिफण्टद्धारा अमानवीय घटना प्रति खेड ब्यक्त

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)ले आफूलाई राजावादी भन्न रुचाउने प्रतिगामी तथा पूनरुत्थानवादीहरुको नेतृत्वमा राजसंस्था पूनर्स्थापनाको लागि भनेर परिचालित अराजनीतिक भीडले चैत्र १५ गते काठमाडौँमा निजी घर पसल, संचार गृह, दलका कार्यालय तथा मलहरुमा गरेका ढुङ्गा मुढा, आगजनी, लूटपाट र आफ्नो जिम्मेदारी निर्वाह गरी हेका पत्रकारलाई जिउँदै आगो लगाउने अमानवीय घटना प्रति खेड जनाउँदै जिफन्टको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

चैत्र १५ गते जिफन्ट केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै हजारौं नागरिकहरुको बलिदानबाट आर्जित लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कुनै पनि नाममा गरिने षडयन्त्र, अनुशासनहीन तथा अराजक हर्कतहरुको डटेर मुकाबिला गर्न विगतमा झैं सक्रियतापूर्वक सहभागी हुन जिफन्टको सङ्गठित पक्ंति तथा सम्पूर्ण श्रमजीवी वर्गमा हार्दिक आव्हान समेत गरेको छ ।