गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

देवचुली नगर पालिकाद्वारा श्रम सम्वाद कार्यक्रम आयोजना

नवलपुर जिल्लाको देवचुली नगर पालिकाद्वारा ट्रेड युनियन र सरोकारवालाहरू सँग चैत्र १७ गते श्रम सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।


सम्वाद कार्यक्रममा श्रम कानुनी, श्रम डेक्स स्थापना, श्रमिक सुचिकरण तथा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा सामाजिक सुरक्षा कोष पोखराका प्रमुख रमेश बिक्रम ढुङ्गेले सहजिकरण गर्नु भएको थियो । 

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) देवचुली पालिका कमिटी अध्यक्ष बलराम पौडेलले जिफन्टले तयार गरेको श्रम डेक्स सम्बन्धी नमुना कार्यविधि नगर पालिकाका प्रमुख हरि प्रसाद न्यौपानेलाइ हस्तान्तरण गर्नु भएको थियो । 
 

गोकर्ण फरेष्ट रिसोर्ट ब्यवस्थापकसंग भएका सहमतीहरू तुरून्त कार्यान्वयनकालागी ज्ञापन पत्र पेश

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन (नेस्वहोमयु) र अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरेण्ट संघ, गोकर्ण फरेष्ट रिसोर्टले बिगतमा ब्यवस्थापकसंग भएका सहमतीहरू तुरून्त कार्यान्वयनकालागी चैत्र १७ गते रिसोर्ट ब्यवस्थापक समक्ष ज्ञापन पत्र बुझाएको छ ।

गोकर्ण फरेष्ट रिसोर्टमा कार्यरत श्रमिकहरूको हस्ताक्षर सहित बुझाएको सो ज्ञापन पत्र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), एनटियुसी, अन्टुफ र श्रम कार्यालयलाइ बोधार्थ दिएको हो ।
 

स्पोर्टस् युनियन, नेपाल (सन)को पाँचौ स्थापना दिवसको जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठद्धारा शुभकामना

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध स्पोर्टस् युनियन, नेपाल (सन)को पाँचौ स्थापना दिवसको सन्दर्भमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले शुभकामना दिनु भएको छ ।

अध्यक्ष श्रेष्ठले चैत्र १६ गते भिडियो सन्देश मार्फत यो संगठनको स्थापना दिवस मनाइरहँदा समग्र खेल क्षेत्रका खेलकर्मी खेलाडीलाई एउटै छातामुनि एकताबद्ध गर्न सफल भएको यस संगठनले योगदानमा आधारित सामाजिक सुरक्षा र मर्यादित कामलाइ सम्पूर्ण खेल क्षेत्रमा लागू गर्न गराउन र खेल क्षेत्र समृद्ध बनाउने महाअभियानमा लाग्नेछ भन्ने बिश्वास सहित स्थापना दिवसले थप प्रेरणा प्रदान गर्ने बिश्वास व्यक्त गर्नु भएको छ ।

स्थापना दिवसको सन्दर्भमा सन केन्द्रीय कमिटीद्धारा काठमाडौंको पुरानो बानेश्वरमा जिफन्ट उपाध्यक्ष विदुर कार्किको प्रमुख आतिथ्यता र  अध्यक्ष सीता लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
 

हुन मैतिदेवी र चन्द्रागिरीमा भेला सम्पन्न

जिफण्ट आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन)ले चैत्र ९ गते, काठमाडौँ महानगरपालिका मैतिदेवी ईकाई भेला सम्पन्न गरेको छ । भेलाले लक्ष्मी निरौलाको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको छ ।

भेलामा काठमाडौं महानगरपालिका मैतिदेवीमा बसोवास गर्ने हुन सदस्यहरूलाइ सरफ बनाउने तालिम समेत प्रदान गरेको थियो ।

त्यसैगरी चैत्र १४ गते हुन केन्द्रीय अध्यक्ष चन्द्र सागर लामाको उपस्थितिमा चन्द्रागिरी नगरपालिकामा सम्पन्न भेलाले ललिता अधिकारीको अध्यक्षतामा ७ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।
 

जिफन्ट बनेपा र नमोबुद्ध नगर स्तरीय भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) द्वारा चैत्र १५ गते काभ्रे जिल्लाको बनेपा नगर भेला सम्पन्न गरेको छ । 

भेलाले श्याम सापकोटाको अध्यक्षतामा ७ सदस्यीय पालीका कमिटी गठन चयन गरेको छ ।

त्यसैगरी सोही दिन नमोबुद्ध नगर स्तरीय भेला जिफन्ट बागमती अध्यक्ष रामहरि नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 

भेलामा स्थानीय तहमा श्रमिक पंजिकरण, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत लगायतका बिषयहरूमा छलफल भएको थियो ।
 

स्पोर्टस् युनियन, नेपाल (सन)ले पाँचौ स्थापना दिवस मनायो

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आवद्ध स्पोर्टस् युनियन, नेपाल (सन)ले पाँचौ स्थापना दिवसको सन्दर्भमा अजरबैजानको बाकुमा र गोवामा चौथौं एसियन कपमा बिभिन्न खेल प्रतियोगितामा भाग लिएर विजेता हुनुभएका खेलाडी र प्रशिक्षकहरुलाई चैत्र १६ गते सम्मानित गरेको छ ।

कार्यक्रममा जिफन्ट उपाध्यक्ष विदुर कार्किले स्थापना दिवसको शुभकामना दिनु हुंदै खेल क्षेत्रमा कृयाशील खेलकर्मीहरूलाइ आफ्नो अधिकार र मर्यादित जिवन यापनकालागि संगठीत हुनुको बिकल्प नरहेको बताउनु भएको छ । 

सन अध्यक्ष सीता लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट नेष्ट अध्यक्ष माया गुरूङ, बिधालय खेलकुद महासंघ (SSF) का महासचिव राजकुमार कार्कीले स्थापना दिवसको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122146415852435116&type=3