नेपाल यातायात स्वतन्त्र मजदुर संगठन घोराहीको अध्यक्षमा नोम बहादुर बुढाथोकी चयन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले दाङ जिल्लाको घोराही पालकाको चैत्र १६ गते सम्पन्न तेस्रो अधिवेशनले नोम बहादुर बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटि र ५ सदस्य सल्हाकार कमिटी चयन गरेको केन्द्रीय कमिटी उपमहासचिव खगेन्द्र बहादुर वलीले जानकारी दिनुभएको हो । 

धन बहादुर पुनको अध्यक्षतामा संगठनका केन्द्रीय उपाध्यक्ष ठाकुर प्रसाद गैरेको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनमा, प्रदेश अध्यक्ष मोहन बहादुर क्षेत्री, जिल्ला अध्यक्ष दिपक कुमार बुढाथोकी, जिफन्ट प्रदेश सदस्य शिवराज पन्थी लगायका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । 

नव निर्वाचित कमिटीलाइ पद तथा गोपनिताको सपथ ग्रहण अर्जुन अधिकारीले गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव बसन्त चौधरीले गर्नुभएको थियो  ।