सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध कृषि श्रमिक संघ नेपाल (फान) ले सदस्यता बिस्तार, पालिका कमिटी गठन तथा पुनरगठन, र अधारभुत प्रशिक्षण कार्यक्रम देश ब्यापी संचालन गर्ने निर्णय गरेको छ ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ र उपाध्यक्ष बिदुर कार्कीको सहभागितामा चैत्र २० गते जिफन्ट स्कुल अनामनगरमा सम्पन्न योजना बैठकले दिपक थापा, कर्ण हमाल, सुशीला घिमिरे, सदन प्रसाद र ईश्वरी थापालाइ केन्द्रीय कमिटीमा मनोनीत गरेको छ ।
फान अध्यक्ष पुर्ण केसीको अध्यक्षतामा महासचिव प्रदिप कुमार चौधरीले बैठकको संचालन गर्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) मनहरी गाउँपालिकाको चैत्र २० गते सम्पन्न भेलाले बहादुर सिं मोक्तान “कुमार”को अध्यक्षतामा ११ सदस्यीय जिफन्ट मनहरा पालिका कमिटी पुनर गठन गरेको छ ।
भेलामा जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्यालले जिफन्टको नीति तथा कार्यक्रमका बारेमा बताउनु हुँदै श्रमिकका सुरक्षित भविष्यको निमित्त योगदानमा आधारित सामाजिक सुरक्षा मात्र भरपर्दो विकल्प रहेको बताउनु भयो ।
बहादुर सिं मोक्तान “कुमार”को अध्यक्षता भएको सो भेलामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय सदस्य धर्मराज बस्नेत लगायतकाअतिथीहरूले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को नेतृत्व र नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु) सचिवालय बिच चैत्र १८ गते जिफन्ट कार्यालयमा होटल क्षेत्रमा गुमेको १०% सेवा शुल्कको पुनः प्राप्तीकोलागी जारी आन्दोलन र आगामी कार्यक्रमको बिषयमा छलफल भएको छ ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेस्वहोमयु लगायत अन्य दुइ ट्रेड युनियनले अगाडी बढाएको आन्दोलनलाइ सफल बनाउन रणनीतिगत रूपमा अगाडी बढ्नु पर्नेमा जोड दिनु भएको छलफलमा १०% सेवा शुल्क पुन:प्राप्तिकोलागि सरकारसंग लबिङ गर्ने, ब्यवस्थापिका संसदबाट नीति बनाएर संबैधानिक अधिकार सहितको १०% सेवा शुल्क उपलब्ध गर्न माननीय ज्युहरुसंग संस्थागत लबिङ र सेवा शुल्कलाई पुनः प्राप्तिको लागि सम्बन्धित प्रतिष्ठानहरुमा आवस्यकताको आधारमा दवाब मुलक आन्दोलन गरिने बारे छलफल भएको छ ।
नेकपा एमालेद्वारा चैत्र १८ गते गणतन्त्रका पक्षमा देशभर आयोजित जागरणसभा र मोटरसाइकल र्यालीमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को उल्लेख्य सहभागिता रहेको छ ।
नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाकालागि जिफन्ट सधै अग्रपंतीमा रहदै अएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आवद्ध चिया कफी श्रमिक युनियन नेपालले कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीलाई समक्ष चैत्र १७ गते श्रम ऐन, समान ज्याला, योगदानमा आधारित सामाजिक सुरक्षा र श्रमिक पंजिकरण लगायतका मागहरू कार्यान्वयनकालागि ज्ञापन पत्र बुझाएको छ ।
जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला, राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राई चिया कफी श्रमिक युनियन नेपालका केन्द्रीय प्रतिनिधि लगायतका टोलीले मुख्यमन्त्री कार्कीलाई बुझाएको ज्ञापन पत्रमा श्रमिकहरुको दैनिक ज्याला ६ सय ६८ रहेको भए पनि चिया तथा कफी बगानमा काम गर्ने श्रमिकहरुलाई ५ सय मात्रै तोकिँदा श्रमिकहरुमाथि विभेद भएको र श्रम कानुन कार्यान्वयनका लागि हरेक प्रतिष्ठानमा श्रम सम्बन्ध समिति गठन गर्न माग गरेको छ ।
त्यसैगरी सरकारले सबै श्रमिकहरूका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा लगेको भए पनि बगान क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई उक्त कोषमा सहभागी नगराएको र श्रमिकहरुको पञ्जीकरण र कानुन कार्यान्वयन गर्न प्रदेश सरकारले आवश्यक पहल गर्न ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
ज्ञापन पत्र ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले चिया तथा कफी क्षेत्रलाई प्रवर्धन र विकासका लागि कोशी प्रदेश सरकारले विशेष योजना बनाएको बताउनु हुँदै सय वर्ष इतिहास बोकेको चिया बगान क्षेत्रका श्रमिकहरुमाथिको यो विभेदका कारणहरु खोजी गरी क्रमिक सुधार गर्दै श्रमिकहरुको जीवनसंग मेल खाने गरी सुधार गर्दै जाने बताउनुभयो ।



चिया कफि श्रमिक युनियन नेपालका संस्थापक अध्यक्ष रुपचन उराउको २९ औ स्मृति सभा चैत्र १७ गते झापामा सम्पन्न भएको छ ।
स्वर्गीय उराउको शालिकमा माल्यार्पण गरी सुरू गरेको सो स्मृती सभामा नेकपा एमाले केन्द्रीय सदस्य रबिन कोइराला, मिना उप्रेती, बागमती प्रदेश पुर्व प्रमुख विष्णु प्रसाईँ, मेचिनगर प्रमुख गोपालचन्द्र बुढाथोकी एमाले मेचिनगर अध्यक्ष राजु कार्की लगायतले रुपचन उराउले नेपालको ट्रेड युनियन आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्नु हुँदै भएको थियो ।