नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध स्पोर्टस् युनियन, नेपाल (सन)को पाँचौ स्थापना दिवसको सन्दर्भमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले शुभकामना दिनु भएको छ ।
अध्यक्ष श्रेष्ठले चैत्र १६ गते भिडियो सन्देश मार्फत यो संगठनको स्थापना दिवस मनाइरहँदा समग्र खेल क्षेत्रका खेलकर्मी खेलाडीलाई एउटै छातामुनि एकताबद्ध गर्न सफल भएको यस संगठनले योगदानमा आधारित सामाजिक सुरक्षा र मर्यादित कामलाइ सम्पूर्ण खेल क्षेत्रमा लागू गर्न गराउन र खेल क्षेत्र समृद्ध बनाउने महाअभियानमा लाग्नेछ भन्ने बिश्वास सहित स्थापना दिवसले थप प्रेरणा प्रदान गर्ने बिश्वास व्यक्त गर्नु भएको छ ।
स्थापना दिवसको सन्दर्भमा सन केन्द्रीय कमिटीद्धारा काठमाडौंको पुरानो बानेश्वरमा जिफन्ट उपाध्यक्ष विदुर कार्किको प्रमुख आतिथ्यता र अध्यक्ष सीता लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।