भीमफेदी गाँउपालिकाद्वारा स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा बिषयमा अनुशिक्षण

मकवानपुर जिल्लाको भीमफेदी गाँउपालिका अन्तर्गत क्रियाशील सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पुस ३० गते अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गाँउपालिका अध्यक्ष हिदम लामाको प्रमुख अथित्यतामा भएको अनुशिक्षण कार्यक्रममा पालिका भित्र आधारभुत स्वास्थ्य सेवा पुर्‍याईरहनु भएका ४८ जना महिला स्वयंसेविकाहरूको सहभागिता रहेको थियो । 

भीमफेदी गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने देशकै पहिलो स्थानीय तह हो । 

पालिकाले ०८० र ८१ सालमा एकसय ९७ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको थियो ।