जिफन्ट आवध्द युनियनका नेताहरू संग कार्यालय ब्यवस्थापन सम्बन्धी छलफल

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले असार २९ गते आवध्द युनियनका नेताहरू बिच कार्यालय ब्यवस्थापन सम्बन्धी छलफल तथा बिदेशिक कार्यक्रममा सहभागीहरू बिच अनुभब आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पार्नु हुंदै कार्यालयलाइ ब्यवस्थीत संचालनकालागी जिफन्ट र आवद्ध युनियनको कार्यालय बिचको समन्वयकालागी निरन्तर छलफल आवश्यक पर्ने बताउनु हुंदै बैदेशीक कार्यक्रममा सहभागीहरूको अनुभव तथा सिकाइलाइ एक आपसमा  बांडन सके नेपालको ट्रेड युनियन आन्दोलनलाइ फाइदा पुग्ने बताउनु भयो ।

कार्यालय ब्यवस्थापन सम्बन्धी छलफल कार्यक्रमम केन्द्रीय कार्यालयको पहिलो तल्लाको युनियनहरूको तर्फबाट भिमज्वाला राइले र दोस्रो तल्लाको युनियनहरूको तर्फबाट ज्ञानुमाया क्षेत्रीले बिचार राख्नु भएको थियो । 

त्यसैगरी युनिट्राभ अध्यक्ष सुमन पराजुलीले गत जुन २३ र २४ तारीकमा International Transport Workers' Federation ITF को लण्डनमा सम्पन्न कार्यक्रम र जिफन्ट बिदेश बिभाग सचिब स्मृति लामाले १ देखी ३ जुलाइ मा फिलिपिन्सको मनिलामा FES को आयोजनामा लैङ्गिक न्यायोचित शासन बिषयमा एसिया प्रसान्त स्तरीय संवाद कार्यक्रममा सहभागि हुंदाको अनुभब राख्नु  भएको थियो ।