जिफन्ट सहयोग समुह लेबनान सदस्य सरू गुरूङ प्रती श्रद्धाञ्जली

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सहयोग समुह (नारी) लेबनानको केन्द्रिय सदस्य सरू गुरूङको सव जेठ २९ गते पशुपतीमा अन्त्यष्टी गरेको छ । 

सन २०१४ देखी निरन्तर लेबनानमा जिफन्ट सहयोग समुह लेबनान रही काम गर्दै आउनु भएका गुरूङको  गत जेठ १४ गते लेबनानमा निधन भएको थियो । 

जिफन्टले जेठ २९ गते निधन गुरूङको सव नेपाल ल्याइ पशुपतीमा दाहासंस्कार गर्नु पुर्ब आयोजित संक्षिप्त श्रद्धाञ्जली कार्यक्रममा जिफन्ट उपाध्यक्ष सिता लामाले जिफन्टको झण्डा अडाइ श्रद्धाञ्जली ब्यक्त गर्नु भएको थियो ।

बिगत १७ वर्षदेखी निरन्तर लेबनानमा काम गर्दै आउनु भएकी गुरूङ केहि समय देखी निमोनियाको बिरामी भइ लेबनान मै उपचार गराइ रहनु भएको थियो । गुरूङको १ छोरा र १ छोरी रहेको छ ।