निरङ्कुश पञ्चायती व्यवस्थाको चरम दमनको अवस्थामा २०४० साल बैशाख १ गते टे«किङ क्षेत्रमा कार्यरत मजदुरहरूले आप्mनो हक हित र अधिकार प्राप्तिको लागि ट्रेकिङ मजदुर संघ, नेपालको स्थापना गरेका थिए । नेपाल ट्रेड युनियन महासंघको चार वटा संस्थापक सदस्य युनियनहरूमध्ये ट्रेकिङ मजदुर संघ, नेपाल पनि एक हो । त्यसबेला यस युनियनको अध्यक्ष स्वर्गिय नुरु वाङछु सेर्पा हुनुहुन्थ्यो । नेपाल ट्रेकिङ मजदुर संघको पहिलो राष्ट्रिय सम्मेलन २०४० साल बैशाख १ गते भएको थियो । यस युनियनले २०४६ सालको जनआन्दोलनपछि थुप्रै किसिमका मजदुर गतिविधिहरू सञ्चालन गर्दै अगाडि बढिरहेको छ । २०५५ साल पौष २५ गते सम्पन्न सातौं राष्ट्रिय सम्मेलनले यसको कार्यक्षेत्रलाई पैmलाएर लानुपर्ने महसुस गरी ट्राभल्स र रयाफ्टिङ क्षेत्रलाई पनि समेट्ने निर्णय गरयो । त्यही बेला यस युनियनको नाममा ट्राभल्स र रयाफ्टिङ थपिएको थियो, पछि एयरलायनस पनि थपेर नेपाल ट्रेकिङ–ट्राभल्स–रयाफ्टिङ, एयरलायन्स मजदुर युनियन राखियो, छोटकरीमा युनिट्राभ भनी नामाकरण गरियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनिट्राभद्वारा नेपाल पर्वतारोहण संघ (एनएमए) मा बिजयी युनिट्राभ सदस्यहरुलाई भाद्र ९ गते बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नव निर्वाचित एनएमएका प्रथम उपाध्यक्ष मिङ्मा ग्यार्बु शेर्पा, बुक होल्डर सदस्य जेनजेन लामा र सन्देश शेर्पालाई बधाई तथा शुभकामना दिनु हुंदै श्रमिक तथा आरोहीहरूका हक र हितको पक्षमा निडर भइ लाग्न आग्रह गर्नु भयो ।
युनिट्राभ केन्द्रीय अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा भएको बधाइ तथा शुभकामना कार्यक्रममा एनएमएका प्रथम उपाध्यक्षमा निर्वाचित मिङ्मा ग्यार्बु शेर्पा र बुक होल्डर सदस्यमा निर्वाचित जेनजेन लामा र सन्देश शेर्पाले यस क्षेत्रमा रहेका समस्याहरूलाइ समाधान गर्दै श्रमिक तथा आरोहीहरूको अधिकार, दिगो र सुरक्षित पर्यटनको लागि काम गर्ने प्रतिवद्धता जनाउनु भएको कार्यक्रमको संचालन युनिट्राभ महासचिब राम बहादुर श्रेष्ठले गर्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट)आवद्ध नेपाल ट्रेकिङ–ट्राभल्स–रयाफ्टिङ, एयरलायन्स मजदुर युनियन (युनिट्राभ)को राष्ट्रिय अधिबेशन २०८३ सालको जेठ २४ गते आयोजना गर्ने भएको छ ।
युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा पुस १२ गते जिफन्ट सभाहलमा सम्पन्न बैठकले १४ औं राष्ट्रिय अधिबेशन काठमाण्डो गर्ने निर्णय गरेको हो ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, महासचिब लक्ष्मण शर्माको उपस्थीतीमा सम्पन्न बैठकमा १३ औं अधिवेशनले पारीत कामको समिक्षा तथा भावी कार्ययोजना बारेमा छलफल भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध युनिट्राभद्वारा एयर इन्डियाबाट निस्काशित श्रमिकहरूको पुनरबहालीको माग राख्दै चैत्र ११ गते एयरपोर्टस्थित एयर इन्डिया लिमिटेडको कार्यालय प्राङ्गणमा युनिट्राभका अध्यक्ष सुमन पराजुली, जिफन्ट बागमती प्रदेशका अध्यक्ष रामहरी नेपाल लगायत नेताहरूको उपस्थीतमा धर्ना कार्यक्रम सम्पन्न भएको छ ।
निस्कासित श्रमिकहरूको तुरुन्त पुनर्वहाली,अनुचित श्रम अभ्यासको अन्त्य र श्रम ऐन अनुसार स्थायी रोजगारीको सुनिश्चितता माग गर्दै निस्कासित श्रमिकहरूले व्यवस्थापन समक्ष माग–दाबी समेत पेश गरिएको
एयर इन्डियामा कार्यरत १३ जना श्रमिकहरुलाई चैत्र ९ गते देखी नियमित कामबाट ब्यवस्थापकले बन्चीत गरे पछी जिफन्ट र युनिट्राभको सहयोगमा पिडित श्रमिकहरू आवश्यक कानुनी उपचारमा जाने भएको छ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबद्ध युनिट्राभका सदस्यहरूलाई सादा कागजमा जबर्जस्ती हस्ताक्षर गराई चैत्र ९ गते देखी रोजगारी अन्त्य गरिएको पत्र इमेल मार्फत जानकारी गरेको थियो ।
एयर इन्डियामा व्यवस्थापन पक्षले गरेको अनुचित श्रम अभ्यासका सन्दर्भमा चैत्र ९ गते जिफन्ट बागमती प्रदेश कमिटी अध्यक्ष रामहरी नेपाल युनिट्राभ अध्यक्ष सुमन पराजुली लगायत निस्काशित श्रमिकहरू बिच जिफन्ट कार्यालयमा छलफल भएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल ट्रेकिङ–ट्राभल्स–रयाफ्टिङ, एयरलायन्स मजदुर युनियन (युनिट्राभ) को ४३ औं स्थापना दिवसको सन्दर्भमा बैसाख ३ गते जिफन्ट सभाहलमा शुभकामना आदानप्रदान कार्यकम सम्पन्न भएको छ ।

स्थापना दिवसको शुभकाना दिनुहुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले २०४० साल बैशाख १ गते ट्रेकिङ क्षेत्रमा कार्यरत मजदुरहरूले ट्रेकिङ मजदुर संघ, नेपालको नाममा स्थापना गरेको यस युनियनले ४३ वर्षको अन्तरालमा समय र परिस्थीती संगै युनियनको कार्यक्षेत्र पनि बिकास र बिस्तार गर्दै अन्तरर्राष्ट्रिय क्षेत्रमा समेत पहिचान बनाउन सफल भएको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले नेपालको ट्रेड युनियन आन्दोलनलाइ बदलिंदो समय र परिस्थीती अनुरूप रूपान्तरण गर्नु पर्नेमा जोड दिनु हुंदै, रूपान्तर गर्नु भनेको एक ब्यक्ती वा नेतृत्वले पद छोढ्नु वा नया पुस्ताले नेतृत्व गर्नु मात्र नभइ बिचार र सिद्भान्तलाइ आत्मासात गर्ने नेतृत्व तयार गर्नु पर्नमा बताउनु भयो ।
कार्यक्रममा जिफन्ट महाससचिब लक्ष्मण शर्मा, जिफन्ट आवद्ध युनियनको तर्फबाट नेस्वहोमयु अध्यक्ष लक्ष्मण तिवारीले शुभकामना मन्तक्य राख्नु भएको थियो ।
युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यकमको संचालन महासचिब राम बहादुर श्रेष्ठले गर्नु भएको थियो ।
अन्तर्राष्ट्रिय यातायात श्रमिक महासंघ (ITF) को आयोजनामा जुन २४ देखी लण्डनमा पर्यटन क्षेत्रको सेवा सम्बन्धी सम्मेलन सुरू भएको छ ।
सम्मेलनमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अवद्ध युनियन युनिट्राभ अध्यक्ष सुमन पराजुलीले भाग लिनु भएको छ ।
सम्मेलनमा युनिट्राभ अध्यक्ष सुमन पराजुलीले नेपालको लोकतन्त्र तथा ट्रेड युनियन माथि भइरहेको हस्तक्षेप, सामाजिक सुरक्षा, पर्वतारोहण श्रमिकको शेवा सुबिधा, प्रशिक्षार्थी, १० प्रतिशत शेवा शुल्क, नागरिक उड्डयन क्षेत्र को समस्या र जेन्जि आन्दोलन पछि नेपालको अवस्थाका बारेमा नेपालको तर्फबाट प्रस्तुत गरेको थियो ।